काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजन गर्न सहज हुने गरी प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजन सम्बन्धी अध्यादेश सिफारिस गरेपछि राजनीतिमा तरङ्ग उत्पन्न भएको छ ।
दल विभाजन गर्न पार्टी वा संसदीय दलमा २०% भए पुग्ने प्रावधान सिफारिस गरिएपनि नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका १४ सांसदलाई बर्खास्त गर्न संसद सचिवालयमा सिफारिस गरेको छ ।
नेता नेपालसहित प्रतिनिधि सभाका १४ जना सांसदलाई कारवाही गरिएको छ ।
सांसदहरूलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ भने निर्वाचन आयोगमा पनि जानकारी गराइएको एमाले स्रोतले जनाएको छ ।
यी हुन् कारवाहीमा पर्नेहरू –
१. माधवकुमार नेपाल
२. जीवनराम श्रेष्ठ
३. रामकुमारी झाँक्री
४. कल्याणी खड्का
५. मुकुन्द न्यौपाने
६. लक्ष्मीकुमारी चौधरी
७. निरादेवी जैरु
८. सरला यादव
९. पुष्पाकुमारी कर्ण
१०. कलिला खातुन
११. विरोध खतिवडा
१२. मेटमणी चौधरी
१३. कृष्णलाल महर्जन
१४. भवानी खापुङ
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।