शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

अफगानिस्तानका नेपाली उद्धार गर्न सरकारलाई प्रचण्डको आग्रह

अफगानिस्तानका नेपाली उद्धार गर्न सरकारलाई प्रचण्डको आग्रह

  • मिडिया डबली
  • सोमवार, श्रावण ३२ २०७८

  • 3.0K
    SHARES

  • अफगानिस्तानका नेपाली उद्धार गर्न सरकारलाई प्रचण्डको आग्रह

    काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अफगानिस्तानमा रहेका नेपाली नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    अफगानिस्तानमा तालिवान विद्रोहीले सत्ता कब्जा गरेपछि यस्तो आपतकालीन अवस्थामा नेपालीहरुको सुरक्षा र उद्धार रहेको भन्दै उनले सरकारले अविलम्ब प्रभावकारी कदम चाल्नुपर्ने बताएका हुन् ।

    प्रचण्डले अफगानिस्तानबाट नेपालीहरूको उद्धारमा सहयोग गर्न आफ्नो पार्टीले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

    ‘हाल दक्षिण एसियाली मुलुक अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति म र हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। यस आपतकालीन अवश्थामा सर्वाधिक महत्वको कुरा त्यहॉ रहेका नेपालीहरुको सुरक्षा र उद्धार हो, परिस्थितिलाई मध्यनजर गर्दै सरकारले अविलम्ब प्रभावकारी कदम चालोस् । 

    यसका लागि मेरो व्यक्तिगत एवं पार्टीको तर्फबाट आवश्यक सम्पूर्ण पहल र सहयोग हुने पनि जानकारी गराउँदछु,’ प्रचण्डले ट्विटमा भनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend