आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले बिग्रनुका यी ३ कारण

एमाले बिग्रनुका यी ३ कारण

  • मिडिया डबली
  • आइतवार, श्रावण ३१ २०७८

  • 4.0K
    SHARES

  • एमाले बिग्रनुका यी ३ कारण

    काठमाडौं - केही समयअघिसम्मको देशकै ठूलो पार्टी, तीनवटा प्रदेशबाहेक पाँचवटा सरको नेतृत्व गरेको, अधिकांश स्थानीय तह कब्जामा पारेको एमालेको अहिले हैसियत क्रमशः खुम्चिँदै गएको छ ।

    एकपछि अर्को गरी सत्ता फुस्किँदै जाँदा पनि एमाले नेताहरूमा अहम् घटेको छैन । झन् चुलीमा पुगेको देखिँदैछ ।

    भनिन्छ रिसले आफैंलाई खान्छ, बुद्धिले अर्कालाई । 

    देशका सबै तह र संरचनामा बलियो पकड बनाएको एमाले अहिले किन तहसनहस हुँदैछ ? किन जनताले एमालेको बढ्दो आकारलाई मन पराउन छाडे ? एमाले किन बिग्रियो ? भन्नेबारेमा व्यापक बहस सुरु भएको छ । मोटामोटी रूपमा एमाले बिग्रनुका तीन कारण देखिएको छ ।

    केपी ओलीको अहंकार र घमण्ड  

    एमालेलाई निर्वाचनमा सबैभन्दा धेरै सिट जिताउनु र पहिलो पार्टी बनाउन अध्यक्ष केपी ओलीको जुन प्रमुख भूमिका थियो, उनकै कारण एमाले खस्किने क्रम पनि सुरु भएको छ । पार्टीमा अहिले बेमेल छ । नेताहरू तितरवितर भएका छन् । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले समानान्तर संगठन सुरु गरेका छन् । यसो हुनुमा ओलीकै कारण प्रमुख मानिन्छ ।

    ओलीको अहंकार र घमण्डले एमाले दुई चिरा बन्ने दिशामा अघि बढेको छ । ओलीको अर्को पक्षलाई पेल्ने नीति, आपसी छलफल नगर्ने, स्वेच्छाचारी प्रवृत्तिकै कारण एमालेको हैसियत अहिलेको अवस्थामा आइपुगेको नेता कार्यकर्ता बताउँछन् । आफ्नै घमण्डका कारण ओली प्रधानमन्त्रीबाट पदच्यूत भएका हुन् ।

    माधव नेपालको साँँघुरो चित्त 

    एमाले बिग्रनुमा ओली जति जिम्मेवार छन्, त्यति नै वरिष्ठ नेता माधवकुमार नेपाल पनि जिम्मेवार रहेको बताइन्छ । नेता नेपालकै हठका कारण ओली पदच्यूत मात्र भएनन्, एमालेको देशव्यापी संकठन कमजोर भएको नेता कार्यकर्ता बताउँछन् ।

    ओलीले साढे तीन वर्षसम्म आफ्नो पक्षलाई पेलेकै रिसमा नेपालले बदलाभाव लिँदा एमालेको अहिलेको अवस्था आइपुगेको हो । अझै ओली सच्चिएनन् भने नेता नेपाल नयाँ पार्टी गठनको मनस्थितिमा समेत पुगेका छन् ।

    माओवादीलाई एमालेमा मिसाउनु

    तीन तहको निर्वाचनपछि एमाले र माओवादी केन्द्रबीच एकता भयो तबदेखि नै पार्टीको सबै संरचना ध्वस्त बनेको हो । नेकपा गठन भएपछिको साढे तीन वर्षमा पुष्पकमल दाहाल प्रचण्डले एमालेका सबै संगठन ध्वस्त बनाइदिए ।

    भलै माओवादीका केही नेता एमालेमा गएका छन्, तर प्रचण्ड फेरि कांग्रेसको बलमा एमालेसरह बलियो बन्न थालिसकेका छन् । माधव नेपाललाई ओलीबाट अलग गराउनु पनि प्रचण्डको सफलता मानिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend