आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

यी २ जनाको निर्णयले एमालेभित्र केपी ओलीलाई धक्का ! फेरि राजीनामाकै कुरा 

यी २ जनाको निर्णयले एमालेभित्र केपी ओलीलाई धक्का ! फेरि राजीनामाकै कुरा 

  • मिडिया डबली
  • आइतवार, श्रावण ३१ २०७८

  • 10.2K
    SHARES

  • यी २ जनाको निर्णयले एमालेभित्र केपी ओलीलाई धक्का ! फेरि राजीनामाकै कुरा 

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र विवाद चर्किएर विभाजनको अवस्थामा पुगेको छ । 

    एमालेभित्र विवाद बढिरहेका बेला नेता कार्यकर्ता पक्षविपक्षमा खुल्ने गरेका छन् । नेकपा एमालेका २ जना लुम्बिनी प्रदेशसभा सदस्य वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा खुलेपछि अध्यक्ष केपी शर्मा ओलीलाई धक्का लागेको छ ।

    सांसद विष्णु पन्थी र रमा घर्ती नेता नेपाल पक्षमा खुलेका हुन् । यी दुवै सांसदले नेपाल पक्षमा खुलेरै लाग्ने निर्णय गरेका छन् ।

    विगतदेखि नै नेपाल पक्षमा रहेका दुबै सांसद लुम्बिनीमा शंकर पोखरेल नेतृत्वको सरकार रहँदासम्म स्पष्ट खुलेका थिएनन् । पोखरेल सरकार हटेर नयाँ सरकार बनेपछि दुबै सांसद नेपाल पक्षमा खुलेका छन् ।

    नेता नेपाल निकट एमाले रुपन्देहीको शनिवारको बैठकमा सांसद पन्थी र घर्ती सहभागी भएका जनाइएको छ ।

    सांसद पन्थी कपिलवस्तुबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने घर्ती पाल्पाकी समानुपातिक सांसद रहेकी छन् । लुम्बिनी प्रदेश सभामा नेकपा एमालेसँग ३७ सांसद रहेका छन् ।

    पार्टीकै २ जना सांसद नेपाल पक्षमा खुलेपछि अब ओली पक्षसँग ३५ सांसद मात्रै रहेका छन् । 

    नेता नेपाल पक्षको बैठकले पार्टी एकता कायम गर्न पार्टी अध्यक्ष ओलीको राजीनामा माग गरेको छ । २–२ पटक प्रतिनिधिसभा विघटन गरेको, नेकपा विभाजन र एमालेभित्र एकता कायम गर्न नसकेकाले पार्टी एकताका लागि नैतिकताका आधारमा राजीनामा दिन केन्द्रीय कमिटीलाई सुझाव दिने निर्णय गरिएको नेकपा एमाले रुपन्देहीका अध्यक्ष राजु गुरुङले जानकारी दिए ।

    बैठकबाट भदौ १५ गतेभित्र पालिकास्तर जनवर्गीय संगठनको कमिटी निर्माण, भदौ मसान्तसम्म शाखा तहको कमिटी गठन र पुनर्गठन अघि बढाउने निर्णय गरिएको एमाले रुपन्देही उपसचिव सिद्धिचरण भट्टराईले जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend