आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपाल अर्कै सोच्न थालिसके ...

माधव नेपाल अर्कै सोच्न थालिसके ...

  • मिडिया डबली
  • आइतवार, श्रावण ३१ २०७८

  • 5.9K
    SHARES

  • माधव नेपाल अर्कै सोच्न थालिसके ...

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताका लागि आफूले अझै पर्खिरहेको जानकारी दिएका छन् ।

    बागमती प्रदेशका नेता कार्यकर्तालाई शनिवार सम्बोधन गर्दै नेता नेपालले एकतामै जोड दिए ।

    नेता नेपालले पार्टीमा एकताका लागि अझै पनि कोसिस गर्ने स्पष्ट पारे । उनले एकताका लागि सबै ढोका बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हट्न नसकिने समेत बताएका छन् ।

    नेता नेपालले निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिका आधारमा चल्ने स्थिति हुन्छ भने पार्टी एकताका लागि आफूहरु तयार रहेको बताए । ‘एकता हाम्रो चाहना हो, इच्छा हो । हाम्रो इच्छा र चाहना विभाजन होइन तर एकताका लागि सबै ढोका बन्द भए भने, सम्भावना रहेन भने त्यस्तो अवस्थामा पार्टी पुनर्गठन गर्ने जिम्मेवारीबाट हामी पछि हटनु हुँदैन तर त्यो अन्तिम उपाय मात्रै हुनेछ । अझै पनि कोसिस गरौं, अझै पनि केपीलाई सुधार्ने कोसिस गरौं । केपीले गरेको गलत निर्णय फिर्ता लिने काम हुन्छ भने, निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधार चल्ने स्थिति हुन्छ भने हामी एकताका लागि अन्तिम पर्खाइमा रहेका छौं,’ उनले भने ।

    नेता नेपालले पार्टी एकताका लागि आफूहरुले सरकारमा सहभागी नहुने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई गराए स्मरण गराएका छन् । नेपालले संविधानको रक्षा गर्न, प्रतिगमन हुन नदिन र लोकतन्त्रको रक्षा गर्न आफूहरुले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिनुपरेको बताए । उनले केही सांसद मन्त्री हुन दाम्लो चुँडाएर जान खोजे पनि आफूले रोक्दै आएको बताएका छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend