आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपाल पक्ष नयाँ पार्टी खोल्न ठिक्क पर्‍यो ! यी नेताले गरे खुलासा

माधव नेपाल पक्ष नयाँ पार्टी खोल्न ठिक्क पर्‍यो ! यी नेताले गरे खुलासा

  • मिडिया डबली
  • शनिवार, श्रावण ३० २०७८

  • 6.3K
    SHARES

  • माधव नेपाल पक्ष नयाँ पार्टी खोल्न ठिक्क पर्‍यो ! यी नेताले गरे खुलासा

    काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ पार्टी गठनको आन्तरिक गृहकार्यमा जुटेको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष एकलौटी रुपमा अगाडि बढेको निष्कर्षसहित नेपाल पक्ष अब नयाँ पार्टी गठन गर्ने निष्कर्षमा पुगेको छ ।

    विधान संशोधन, सदस्यता नवीकरण, संगठन निर्माणसहित महाधिवेशनको तयारीमा ओली पक्ष एकलौटी रुपमा अघि बढेको नेपाल पक्षको विश्लेषण रहेको छ ।

    नेपाल निकटका नेता जगन्नाथ खतिवडाले ओलीपक्ष एकलौटी रुपमा अघि बढेपछि आफूहरुसँग नयाँ पार्टी गठनको विकल्प नभएको बताएका छन् । आफूहरुको पहिलो प्राथमिकता पार्टी एकता नै रहेको स्पष्ट पार्दै खतिवडाले ओली पक्षले एकताका लागि ढोका नै बन्द गरेको आरोप लगाएका छन् ।

    नेपाल पक्षका अधिकांश सांसद नयाँ पार्टी गठन गरी सरकारमा जानुपर्ने अडानमा रहेका छन् । ओली पक्षले नेपाल पक्षका अधिकांश सांसदलाई पार्टीको भन्दा सत्ताको बढी मोह भएको आरोप लगाइरहेको छ ।

    अध्यक्ष ओली पक्षबाट पार्टी कब्जा गरेर मनोमानी रुपमा विधान संशोधन गर्दै सबै अधिकार अध्यक्षमा केन्द्रित गर्ने प्रयास भएको उनले बताएका छन् । तर पनि आफूहरु अन्तिम अवस्थासम्म पार्टी एकताकै पक्षमा रहेको र पहल जारी राख्ने उनले बताएका छन् ।

    अन्तिम अवस्थामा पार्टी एकताबद्ध नभएको अवस्थामा छुटै पार्टी गठन गरेर अघि बढ्नुको अर्को विकल्प नभएको खतिवडाले बताएका छन् ।

    ओली पक्षका नेताहरुले भने नेपाल पक्ष पार्टी एकतामा कहिल्यै पनि गम्भीर नरहेको र नयाँ पार्टी खोल्ने बहाना खोजिरहेको बताए ।

    नेता नेपालले नयाँ दल गठन गर्नुभन्दा अघि नेताहरुसँग छुटाछुटै रुपमा छलफल गरिरहेको जनाइएको छ । वरिष्ठ नेता नेपालले आफूनिकट नेतासँग छुट्टाछुट्टै छलफल गर्दै ओलीको कार्यशैली नसुधे्रकाले नयाँ दल गठन गरेर अघि बढ्नुपर्ने विषयमा छलफल गरिरहेको स्रोतको भनाइ रहेको छ ।

    नेपाल निकटका अर्का नेता रचना खड्काले कार्यदलले गरेको १० बुँदे प्रस्तावको उल्लंघन गर्ने काम ओली पक्षबाट भएको आरोप लगाएकी छन् ।

    नेपाल पक्षले पार्टीका सबै आधिकारिक पत्रमा दुबै नेताको संयुक्त हस्ताक्षर हुनुपर्ने अडान राखेको छ । एकअर्कालाई विश्वास गर्ने वातावरण नभएकाले २ नेताको संयुक्त हस्ताक्षरपछि नै आधिकारिता प्रमाणित हुने गरी सहमति भएमा पार्टी एकताबद्ध हुने बुझाइ नेपाल पक्षको रहेको छ । तर ओली पक्षले नेपाल पक्षको सो प्रस्ताव अस्वीकार गर्दै आएको छ । २ नेताको संयुक्त हस्ताक्षर वा २ अध्यक्षको व्यवस्था आवश्यक नरहेको ओली पक्षका नेताको अडान रहेको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend