आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओली र माधवलाई मिलाउन नसकेपछि दोस्रो तहका यी नेता निसानामा

ओली र माधवलाई मिलाउन नसकेपछि दोस्रो तहका यी नेता निसानामा

  • मिडिया डबली
  • बिहिवार, श्रावण २८ २०७८

  • 6.2K
    SHARES

  • ओली र माधवलाई मिलाउन नसकेपछि दोस्रो तहका यी नेता निसानामा

    काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमाले विभाजनको डिलमा उभिएको छ ।

    पार्टी विभाजन निश्चितप्रायः भएपछि मध्यमार्गी नेताहरु तितरवितर हुन थालेका छन् । 

    पार्टीमा एकता कायम राख्ने भन्दै अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई मिलाउन मध्यमार्गी रोल खेल्ने नेता आफैं तनावमा परेका छन् । आफ्ना सबै प्रयास निरर्थक भएपछि उनीहरू निरास बनेका छन् । अब जस्तो आइपर्छ त्यसलाई स्वीकार्दै अघि बढ्ने निर्णयमा पुग्दै उनीहरू तितरवितर भएका छन् ।

    ओली र नेपाललाई मिलाउन भन्दै लागेका भीम रावल, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, गोकर्ण बिष्ट, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, रघुजी पन्तलगायतको नेताको सक्रियता घटेको छ । आफ्नो अनेक प्रयासमा ओली र नेपालले पानी फेरिदिएपछि पार्टी एकताबारे बोल्नै छाडेका छन् ।

    खासगरी एमाले नाम र सूर्य चुनाव चिह्नका कारण पनि भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्टले पार्टी छाड्न नसक्ने कमजोरी पत्ता लगाएपछि ओलीले माधव नेपाललाई पार्टी बाहिरै राख्न चाहेका छन् । सोही कारण उनी एकलौटी हिँडेका छन् । तर, ओलीलाई यसरी अघि नबढ्न चेतावनी दिने तागतसमेत यी दोस्रो तहका नेतामा नभएपछि पार्टी नेता कार्यकर्ताको निसानामा परेका छन् ।

    विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, विष्णु रिमाल ओलीको साथमै छन् । तर, उनीहरू एमालेलाई नेतृत्व दिन सक्ने हैसियतका नेता भने होइनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend