आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीले गरेका कामबारे एमालेले स्कूलमा पढाउने, यस्तो छ तयारी

केपी ओलीले गरेका कामबारे एमालेले स्कूलमा पढाउने, यस्तो छ तयारी

  • मिडिया डबली
  • बिहिवार, श्रावण २८ २०७८

  • 5.0K
    SHARES

  • केपी ओलीले गरेका कामबारे एमालेले स्कूलमा पढाउने, यस्तो छ तयारी

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका कामबारे पार्टी स्कूल विभागमा कक्षा सञ्चालन गर्ने भएको छ ।

    विभागले नियमित कक्षा सञ्चालन गरेर ओली सरकारका कामसहित अन्य विषयमा कार्यकर्तालाई प्रशिक्षण दिनेछ ।

    पार्टी अध्यक्ष तथा स्कूल विभाग प्रमुख केपी शर्मा ओलीको अध्यक्षतामा सोमवार भक्तपुरमा बसेको बैठकले पार्टीका नेता तथा कार्यकर्तालाई १४ विषयमा नियमित कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

    विभागका सचिव ईश्वरी रिजालले भदौ १५ गतेदेखि केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, जनवर्गीय संगठन, सांसदलाई नियमित कक्षा सञ्चालन गर्ने बताए । बैठकमा पार्टी अध्यक्ष ओलीले नेपालमा आजको माक्र्सवाद भनेकै जबज रहेको बताएका छन् । 

    ओलीले जबजमा नै राजनीतिक मार्गदर्शन मात्र नभई जनताको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित गर्ने मार्गदर्शन समेत स्पष्ट रहेको भन्दै जबजकै आधारित भएर हामीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई अगाडि बढाएको बताएका छन् । 

    अध्यक्ष ओलीले जबजले नेपाली कम्युनिस्ट आन्दोललाई मात्र होइन, सिंगो देशको लोकतान्त्रिक आन्दोलनलाई मार्गदर्शन गर्ने समेत बताएका छन् । विभागका सचिव रिजालले प्रशिक्षण पाठ्यक्रमलाई विभागका सबै सदस्यले अध्ययन गरी ३ दिनभित्र आफ्ना सुझाव प्रस्तुत गर्ने र प्राप्त सुझावका आधारमा रामबहादुर थापा, शंकर पोखरेल, प्रदीप ज्ञवाली र रिजालले पाठ्यक्रमलाई परिस्कृत गर्ने निर्णय समेत गरेको बताएका छन् । 

    बैठकले स्कूल विभागका सदस्य एवं विज्ञ प्रशिक्षकको विषयगत सूची तयार पार्न बैठकले विभागका सचिव रिजाल र सदस्य घनश्याम कोइरालालाई जिम्मेवारी प्रदान गरेको छ । 

    सचिव रिजालका अनुसार समसामयिक पार्टी दृष्टिकोण, पार्टी एकता र असफलता कारण, एमालेको पुनःस्थापना अन्तरविरोध र भविष्य, मार्क्सवादी दर्शन र आर्थिक सामाजिक रूपान्तरण, जनताको बहुदलीय जनवाद (जबज), संगठन निर्माण र परिचालन, सरकार र पार्टीबीचको अन्तरसम्बन्ध, केपी ओली नेतृत्वका सरकारको नीति, काम र उपलब्धि, आर्थिक वर्ष २०७८/२०७९ नीति कार्यक्रम र बजेट, सूचना र सञ्चार, नेपाली समाज परिचय, सांस्कृतिक रूपान्तरण आगामी निर्वाचन र विजयका आधार विषयमा नियमित कक्षा सञ्चालन गरिने जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend