आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देउवालाई ढुक्क बनाउन माधव नेपालको शरणमा पुगे प्रचण्ड, के हुँदैछ नयाँ खेल ?

देउवालाई ढुक्क बनाउन माधव नेपालको शरणमा पुगे प्रचण्ड, के हुँदैछ नयाँ खेल ?

  • मिडिया डबली
  • मंगलवार, श्रावण २६ २०७८

  • 5.2K
    SHARES

  • देउवालाई ढुक्क बनाउन माधव नेपालको शरणमा पुगे प्रचण्ड, के हुँदैछ नयाँ खेल ?

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत पाएपनि नेकपा एमालेमा एकताको प्रयास भइरहेकाले जुनसुकै बेला पनि सरकार संकटमा पर्न सक्ने सम्भावना छ ।

    देउवा सरकारलाई संकटमा पर्न नदिने एमालेको माधवकुमार नेपाल पक्षले पार्टी विभाजन गर्नुपर्नेछ । नेता नेपाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्नै नदिएर देउवालाई ढुक्क बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि नेपालको शरणमा पुगेका छन् ।

    नेता नेपाललाई भेट्न प्रचण्ड मंगलबार साँझ नेपालनिवास कोटेश्वर पुगेका छन् । यसअघि समेत प्रचण्ड पटक–पटक नेपालनिवास पुग्दै आएका थिए ।

    पार्टी एकताको सम्भावना सकिएको निष्कर्ष नेपाल पक्षले निकालेको बेला अध्यक्ष प्रचण्ड छलफलका लागि कोटेश्वर पुगेका छन् । मंगलबार अध्यक्ष ओलीले प्रतिनिधिसभामा दिएका अभिव्यक्तिले नेपाल पक्ष बिच्किएको छ ।

    अध्यक्ष प्रचण्ड र नेता नेपालबीच पछिल्ला केही हप्तायता दिनहुँजसो भेटवार्ता भइरहेको छ । नेता नेपाल पक्षलाई देउवा सरकारमा सहभागी गराउनकै लागि मन्त्रिपरिषद् विस्तार पनि प्रचण्डले रोकेका छन् ।

    एमाले पार्टी विभाजनका लागि कानूनी प्रक्रियामा समेत सघाउने आश्वासन प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले दिएका छन् । तर नेता नेपाल पार्टी विभाजन गर्न हच्किरहेका छन् । अध्यक्ष ओलीले भने नेपाल पक्षका सांसदलाई मन्त्री बनाइदिन देउवालाई संसदमै आग्रह गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख ३० २०७७०१:४४:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend