आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओलीले माधव नेपाललाई एमालेमा ढिम्किनै नदिने

ओलीले माधव नेपाललाई एमालेमा ढिम्किनै नदिने

  • मिडिया डबली
  • मंगलवार, श्रावण २६ २०७८

  • 5.2K
    SHARES

  • ओलीले माधव नेपाललाई एमालेमा ढिम्किनै नदिने

    काठमाडौं - एमालेमा एकताको च्याप्टर क्लोज भएको छ । अध्यक्ष केपी ओलीले आफू झन् शक्तिशाली बन्न विधान संशोधनको प्रस्ताव गरेपछि माधवकुमार नेपाल पक्ष अब बाहिरै बस्ने अवस्था आएको छ ।

    अध्यक्ष शक्तिशाली बन्ने गरी ओलीले पछिल्लो कदम चालेका छन् । केन्द्रीय कमिटीको संख्या पनि बढाउने गरी व्यवस्था गरेका छन् । यसले उनी पार्टीभित्र विरोधीलाई कमजोर बनाउने गरी बढेको देखिँदैछ । एमालेभित्र विगतमा पदाधिकारी र स्थायी कमिटीमा ओली अल्पमतमा रहे । यसले उनी अप्ठ्यारोमा परेका थिए । अब उनी पुरानै अवस्था नदोहोरिने गरी बढेका छन् ।

    ओलीको अझ शक्तिशाली बन्ने महत्वाकांक्षा बुझेर उपाध्यक्ष बामदेव गौतम आक्रोशित बनेका छन् । उनले सोमबारको स्थायी कमिटी बैठकमा ओलीलाई देशद्रोही करार गर्ने, अर्कालाई कारबाही गर्ने, असीमित गालीगलौज गर्न दिने अधिकार पनि थप्नुपर्ने भन्दै व्यंग्य गरेर हिँडेका थिए । वामदेवले पनि अब ओलीसँग एउटै पार्टीमा रहिरहन नसकिने निष्कर्ष निकालेको बुझिएको छ ।

    ओलीले आफूलाई शक्तिशाली बनाउन एमालेको महाधिवेशनबाट पदाधिकारीमध्ये अध्यक्ष र महासचिवमात्र प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्न लागेका छन् । उपाध्यक्षको संख्या घटाउँदै सचिवको संख्या बढाएका छन् । केन्द्रीय कमिटी प्रत्यक्ष निर्वाचित हुने र त्यसैले उपाध्यक्ष र सचिव चयन गर्ने व्यवस्था गर्न लागेका छन् । 

    एमालेभित्र माधवकुमार नेपाललाई कुनै स्थान नदिने गरी ओली अघि बढेपछि अब वारपारको लडाइँ सुरु भएको छ । ओलीले सोमबार गरेको एकलौटी निर्णयले एकताको च्याप्टर क्लोज भएको माधव पक्षको निष्कर्ष छ। अब देशव्यापी रूपमा समानान्तर गतिविधिलाई तीव्रता दिन नेता नेपालले निर्देशन दिइसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend