आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बैठकमै केपी ओलीलाई बेस्सरी थर्काएर आफ्नै बाटो लागे बामदेव गौतम 

बैठकमै केपी ओलीलाई बेस्सरी थर्काएर आफ्नै बाटो लागे बामदेव गौतम 

  • मिडिया डबली
  • सोमवार, श्रावण २५ २०७८

  • 6.5K
    SHARES

  • बैठकमै केपी ओलीलाई बेस्सरी थर्काएर आफ्नै बाटो लागे बामदेव गौतम 

    काठमाडौं – नेकपा एमालेको विधान पारित गर्न आज सोमवार बसेको स्थायी कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीलाई बेस्सरी थर्काएका छन् ।

    स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीविरुद्ध कडा रुपमा प्रस्तुत भएका गौतम अपराह्न बसेको केन्द्रीय कमिटी बैठकमा सहभागी नै नभएरै आफ्नै बाटो लागेका छन् ।

    केन्द्रीय कमिटी बैठकअघि ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको भवनमा एमालेको स्थायी समिति बैठक बसेको हो, जहाँ उपाध्यक्ष गौतमले खुलेरै ओली प्रवृत्तिको विरोध गरेका छन् ।

    विधान संशोधन प्रस्तावमा ‘अध्यक्षका यी अधिकारहरु’ भन्ने शीर्षकमा केही अधिकार थप्नुपर्ने भन्दै गौतमले ओलीमाथि व्यंग्य गरेका छन् । उनले भने, ‘हाम्रो पार्टीका अध्यक्षलाई आममाफी दिने अधिकार हुनेछ, पार्टी अनुशासन उल्लंघन गर्नेहरुमध्ये प्रकृति हेरेर कतिलाई अपराधी भन्न सकिनेछ, कतिलाई गद्दार भन्न सकिनेछ र कतिलाई देशद्रोही पनि भन्न सकिनेछ यो बुँदा पनि थपौं ।’

    उपाध्यक्ष गौतमले अगाडि भने, ‘अहिले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भएका राजनीतिक मतभिन्नताका सन्दर्भमा अध्यक्ष केपी ओलीले माधव नेपाललाई अपराधी भन्नुभयो, गद्दार र देशद्रोही पनि भन्नुभयो । अध्यक्षले त्यस्तो भन्न पाइन्छ भने विधानमा व्यवस्था गर्नुपर्‍यो । बोल्नुहुँदैन भने किन बोल्नुभयो ? यस्तो मनपरी गर्न पाइँदैन ।’

    गौतमले पार्टीमा कसैले गल्ती गर्‍यो भने राजनीतिक कारबाही हुने भन्दै अध्यक्षले नै गल्ती गर्दा कारबाही हुने कि नहुने भन्दै थप प्रश्न गरेका छन् । बामदेवले यस्तो धारणा राख्दा स्थायी कमिटी बैठकस्थल सन्नाटा छाएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend