आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपालसँग वारपार गर्न केपी ओलीले सारे केन्द्रीय कमिटी बैठक

माधव नेपालसँग वारपार गर्न केपी ओलीले सारे केन्द्रीय कमिटी बैठक

  • मिडिया डबली
  • शनिवार, श्रावण २३ २०७८

  • 3.6K
    SHARES

  • माधव नेपालसँग वारपार गर्न केपी ओलीले सारे केन्द्रीय कमिटी बैठक

    काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेमा वरिष्ठ नेता माधवकुमार नेपालसँगको एकता प्रयासलाई वारपार गर्न अध्यक्ष केपी शर्मा ओलीले आईतबारका लागि बोलाएको केन्द्रीय कमिटी बैठक सारेका छन् ।

    नेता नेपाल पक्षले पार्टी एकताका लागि आईतबारसम्मका लागि अल्टिमेटम दिएको अवस्थामा एमालेको बैठक सरेको छ ।

    नेपाल पक्षको बिहीवार र शुक्रवार बसेको केन्द्रीय कमिटी बैठकले आईतबारसम्मको अल्टिमेटम दिँदै एमाले मिलाउन ओलीले निर्णायक कदम चाल्नुपर्ने जनाएको छ ।

    शनिवार ललितपुरमा आफू पक्षीय जनवर्गीय संगठनको कार्यक्रमलाई पनि सम्बोधन गर्दै नेता नेपालले आईतबारसम्म ओलीले निकास नदिए आफूले थप कदम चाल्ने बताएका छन् ।

    नेपाल पक्षको अल्टिमेटमपछि एमालेले साउन २५ गते दिउँसो ३ बजेसम्मलाई बैठक सारेको छ । पार्टीको विधान मस्यौदा समितिले विधान संशोधनसम्बन्धी काम नसकेकाले बैठक सारिएको ओली पक्षले जनाएको छ ।

    आगामी सोमवार बिहान ११ बजे स्थायी कमिटी बैठकमा विधानबारे छलफल गर्ने कार्यतालिका रहेको छ । त्यसपछि दिउँसो ३ बजे केन्द्रीय कमिटी बैठकमा विधान मस्यौदा प्रस्तुत गर्ने एमालेको तयारी रहेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend