शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

हेलिकप्टरमा पम्फा भुसालसँगै घुमेर बाढी पीडितलाई ‘गफ’ मात्रै दिएर फर्किए प्रचण्ड

हेलिकप्टरमा पम्फा भुसालसँगै घुमेर बाढी पीडितलाई ‘गफ’ मात्रै दिएर फर्किए प्रचण्ड

  • मिडिया डबली
  • शनिवार, श्रावण २३ २०७८

  • 7.5K
    SHARES

  • हेलिकप्टरमा पम्फा भुसालसँगै घुमेर बाढी पीडितलाई ‘गफ’ मात्रै दिएर फर्किए प्रचण्ड

    काठमाडौं – प्राकृतिक विपद्ले समस्यामा परेका बाढीपहिरो पीडितले सहयोगको अपेक्षा गर्छन् । झन् सरकारका मन्त्री र शीर्ष नेताहरू नै प्रभावित क्षेत्रमा पुगेपछि त झन् सहयोगको आशा बढ्ने नै भयो ।

    तर शनिबार हेलिकप्टरमा मनाङको बाढीपहिरो प्रभावित क्षेत्र पुगेका प्रचण्डले बाढीपहिरो प्रभावितलाई ‘गफ’ मात्रै दिएर फर्किएका छन् ।

    शनिबारको बिदाको दिन घुमफिरका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालमार्फत व्यवस्थापन मिलाएका प्रचण्डले मनाङका बाढीपहिरो प्रभावितलाई निराश बनाएका छन् । शनिबारको दिन हेलिकप्टरमा घुम्दा प्रचण्डलाई त रमाइलो नै भएपनि बाढीपहिरो प्रभावितलाई भने ‘आकाशको फल आँखा तरी मर’ भएको छ । 

    बाढी प्रभावित जनतालाई सरकारले पूर्णरुपमा सहयोग गर्ने गफ दिएर प्रचण्ड काठमाडौं फर्किएका छन् । भ्रमणका क्रममा अध्यक्ष प्रचण्डले गफ दिँदै भने, ‘यो सरकारको साथ तपाईंहरूलाई छ, तपाईंहरूको दुःखको साथमा हामी छौं, गठबन्धन सरकार छ ।’

    उनले सिन्धुपाल्चोक र मनाङमा १०० वर्षयताकै ठूलो बाढी र पहिराले धेरै क्षति पुर्‍याएकाले समाधानका लागि भूगर्भविद्बाट अध्ययन गराएर दीर्घकालीन योजना बनाउने गफ समेत दिन भ्याए । ‘तत्कालका लागि प्रभावित जनताको बसोबास र खाद्यान्न व्यवस्था गर्नेछौं । दीर्घकालीन रुपमा पनि हामीले योजना बनाउने छौं ।’

    यत्ति गफ दिन मनाङ भ्रमणमा जाँदा प्रचण्डको टोलीले हेलिकप्टरसहित अन्य सबै हिसाबमा लाखौं खर्च गरेको छ । तर प्रभावित जनताले केही पनि पाएनन् ।

    अध्यक्ष प्रचण्डको नेतृत्वमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल लगायत जनप्रतिनिधिको टोलीले मनाङका पिसाङ, चामे, नासो गाउँपालिकाका विभिन्न वडाको बाढी प्रभावित क्षेत्रको अवलोकन भ्रमण गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend