काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा माओवादी र नेकपा एमालेभित्र ठूलो विद्रोह भएको छ ।
एमाले चितवनका जिल्ला सदस्य र माओवादी केन्द्र इच्छाकामना गाउँपालिकाका सहइन्चार्जसहित १०५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
एमाले जिल्ला सदस्य चन्द्रबहादुर सुनार र माओवादी केन्द्रको इच्छाकामना गाउँपालिका सहइन्चार्ज चन्द्रबहादुर प्रजासहित विभिन्न पार्टीका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।
आज शनिबार इच्छाकामना गाउँपालिकामा आयोजित कार्यक्रममार्फत नेपाली कांग्रेस चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठले नवप्रवेशीलाई टीका लगाएर स्वागत गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै जिल्ला सभापति जीतनारायण श्रेष्ठले कांग्रेस चितवनमा प्रवेशको लहर चलेको बताए । उनले जिल्ला हरेक पालिकामा विभिन्न पार्टीका कार्यकर्ता कांग्रेस प्रवेश गर्न आत्तुर भएकाले पार्टीले अभियानको रूपमा प्रवेश कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।
‘नेपालीहरू कम्युनिस्टबाट आजित भएका कारण पनि कांग्रेसप्रति आकर्षण बढेको छ,’ उनले भने । देश विकास र निकास कांग्रेसबाट मात्र सम्भव रहेको उनले बताएका छन् ।
कार्यक्रममा पार्टी जिल्ला सचिव उत्तम जोशी, पार्टी महासमिति सदस्य तथा इच्छाकामना गाउँपालिका अध्यक्ष गीत गुरुङ, महासमिति सदस्य सुबोध प्रधान, विजय भुसाल, क्षेत्रीय सभापति भरत लामिछाने, जिल्ला सहसचिव सूर्य अर्याल, इच्छाकामना गाउँपालिका पार्टी सभापति तथा गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ लगायतको उपस्थिति थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।