आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओली निकट नेताहरूको यस्तो बदनाम ! महेश बस्नेतपछि शंकर पोखरेलको पालो

ओली निकट नेताहरूको यस्तो बदनाम ! महेश बस्नेतपछि शंकर पोखरेलको पालो

  • मिडिया डबली
  • शुक्रवार, श्रावण २२ २०७८

  • 5.1K
    SHARES

  • ओली निकट नेताहरूको यस्तो बदनाम ! महेश बस्नेतपछि शंकर पोखरेलको पालो

    काठमाडौं - यतिबेला एमालेका अर्का नेता शंकर पोखरेलमाथि सांसदलाई अपहरण गर्न लगाएर बन्धक बनाएको आरोप लागेको छ ।

    लुम्बिनी प्रदेश सांसद विमलाकुमाली खत्री वलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको निर्देशनमा आफूलाई पाँच दिनसम्म मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएको आरोप लागेको छ ।

    लुम्बिनीको सत्ता टिकाउन पोखरेलले गरेको तिकडम अहिले उनकै लागि भारी भएको छ । एमालेमा पोखरेललाई बौद्धिक र भलाद्मी नेता भनेर चिनिन्छ । तर, सत्ता जोगाउन उनले केपी ओलीकै जस्तो तिकडम गरेपछि उनी विवादमा तानिएका हुन् ।

    जनप्रतिनिधि एवं एकल महिलाले आफूलाई मुख्यमन्त्री निवासमा बन्धक बनाइएको र आफू शौचालयको चप्पल लगाएर भागेको पत्रकार सम्मेलन गरेरै भनेपछि पोखरेल संकटमा परेका हुन् । उनले बिहीबार राति सामाजिक सञ्जालमार्फत आफूमाथि लगाइएको आरोपको खण्डन पनि गरेका छन् ।

    गत वर्ष वैशाखमा आफ्नो कुर्सी धरापमा पर्न थालेपछि प्रधानमन्त्री ओलीले भक्तपुरका सांसद महेश बस्नेत, तनहुँका सांसद किसान श्रेष्ठ र पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाललाई तत्कालीन संघीय समाजवादी फोरमका सांसद सुरेन्द्र यादवलाई जनकपुरबाट काठमाडौं जबर्जस्ती उठाएर ल्याउन निर्देशन दिएको भन्दै समाचार आएको थियो । यो विषयले त्यसबेला ठूलै रूप लिएको थियो ।

    गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सत्ता टिकाउन राजमो सांसद कृष्ण थापालाई अस्पताल भर्ना गराउन सांसद बस्नेतकै भूमिका रहेको भन्दै व्यापक आलोचना भएको थियो । तर, बस्नेतले यस्ता घटनामा आफू नजोडिएको दाबी गर्दै आएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend