आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गगन थापा र बाबुराम भट्टराईको एकै स्वर !

गगन थापा र बाबुराम भट्टराईको एकै स्वर !

  • कृष्ण प्रसाद पहाडी
  • बिहिवार, श्रावण २१ २०७८

  • 6.7K
    SHARES

  • गगन थापा र बाबुराम भट्टराईको एकै स्वर !

    काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता तथा पूर्व मन्त्री गगनकुमार थापा र जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको पार्टी फरक–फरक भए पनि धेरै कुरामा मत मिल्छ ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको निवासमा महिला सांसद विमला खत्री वलीलाई बन्धक बनाएर राखिएको घटना सार्वजनिक भएपछि थापा र भट्टराईले एकै स्वर देखाएका छन् ।

    नेता थापाले ट्विटरमा लेखेका छन्, ‘लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्रीले ‘आफूलाई बन्धक बनाएको, जबरजस्ती हस्ताक्षर गर्न लगाएको, मानसिक यातना दिएको’ लगायतका गम्भीर अभियोग लगाइसकेपछि यो राजनीतिक मुद्दा मात्रै बन्न सक्दैन । प्रधानमन्त्रीज्यू, यस्तो आपराधिक कार्यको तत्काल अनुसन्धान गरी संलग्नलाई दण्डित गरियोस् ।’

    अध्यक्ष भट्टराईले समेत सोही घटनालाई उदृत गर्दै ट्विटरमा लेखेका छन्, ‘सांसदहरूको अपहरण, किनबेच, तानातान, मन्त्री पदको मोलमोलाइ ! यो राजनीतिक भाइरस कोरोना भाइरसभन्दा पनि खतरनाक ढंगले हिजो त्यत्रो त्याग र बलिदानीपूर्ण आन्दोलबाट आएका दलहरूमा फैलिनु आजको सबभन्दा ठूलो विडम्बना हो । समाज र राज्यको मुहान नै यसरी प्रदूषित भएपछि देश कसरी बन्छ ? सबैले ममः भनौं !’

    बिहीबार दिउँसो पत्रकार सम्मेलन नै गरेर सांसद विमलाले आफूलाई जबरजस्ती मुख्यमन्त्री निवासमा लगिएको र एमालेको पक्षमा उभिन दबाब दिइएको बताएकी छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७११:३७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend