आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीसँग मिल्नै चाहँदैनन् माधव नेपाल, यस्तो रहेछ भित्री कारण

केपी ओलीसँग मिल्नै चाहँदैनन् माधव नेपाल, यस्तो रहेछ भित्री कारण

  • मिडिया डबली
  • बिहिवार, श्रावण २१ २०७८

  • 4.0K
    SHARES

  • केपी ओलीसँग मिल्नै चाहँदैनन् माधव नेपाल, यस्तो रहेछ भित्री कारण

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा विवाद समाधानका लागि केही हप्तायता अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाललाई भेटाउने प्रयास भइरहेको छ । तर नेता नेपाल भेट्न तयारै भएका छैनन् ।

    आफूपक्षीय बैठकमा पार्टी एकताको कुरा र छलफल हुने गरेपनि नेता नेपाल ओलीसँग मिल्नै चाहँदैनन् । एमाले एकता जोगाउन नेपाल किन तयार छैनन् ? नेपालले ओलीकै कारण आफूले एकता नचाहेको बताउने गरेका छन् ।

    नेता नेपालले केपी ओली विश्वास गर्न लायक पात्र नै नरहेको बताउने गरेका छन् । ओलीले जुनसुकै बेला पनि धोका दिनसक्ने, भनेको कुरा लागू नगर्ने, मनपरी गर्ने प्रवृत्ति रहेकाले ओली अध्यक्ष पदमा रहेसम्म एकता नहुने बताउँदै आएका छन् ।

    नेता नेपाललाई ओलीसँग मिल्ने इच्छा नहुँदा नहुँदै पनि उनले खुलेर भन्न सकिरहेका छैनन् । तर ओलीले अध्यक्ष पद छाडेमा एकता हुनसक्ने शर्त राखेका छन् । महाधिवेशनबाट निर्वाचित ओलीले अध्यक्ष पद छाड्ने कुनै सम्भावना छैन ।

    आफूनिकट केन्द्रीय सदस्यहरूको बैठकमा नेता नेपालले सरकारमा जाने वा नजानेबारे पनि स्पष्ट केही बोलेनन् । तर बैठकमा सहभागी केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले माधव नेपाल पार्टी एकताको पक्षमा रहेको भन्दै सरकारमा नजाने कुरा स्पष्टै रहेको बताए ।

    बैठकमा नेता नेपालले भने, ‘एकातिर केपी ओलीले हामीलाई एमालेमा स्पेस नदिने, अर्कातिर हामीले लडेर जोगाएका संसदको पूर्ण अवधि कायम गर्ने चेपुवामा हामी छौं तर हामीले सरकारमा जानका लागि यो गठबन्धन बनाएको होइन । संविधान, लोकतन्त्र र संसद जोगाउन हो ।’

    नेता नेपाल सरकारलाई पनि चटक्कै छाड्न सक्ने अवस्थामा छैनन् भने प्रतिपक्षी एमालेबाट विभाजित हुन पनि चाहिरहेका छैनन् । नेपाल दुबैतिर सन्तुलन मिलाउन खोजिरहेका छन् ।

    बैठकमा नेता नेपालले सत्ता गठबन्धनप्रति आफ्नो उत्तरदायित्व रहेकाले पार्टी एकता र सत्ता गठबन्धनलाई सन्तुलन बनाएर लैजाने चुनौती रहेको बताएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend