काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेमा एकताको प्रयास भइरहेको बेला नेता माधवकुमार नेपाल पक्षको भेलामा सहभागी भएर उपाध्यक्ष भीम रावलले एकता खल्बलिनुको रहस्य खोलेका छन् ।
पार्टी उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्तिले पार्टी एकताको वातावरण खल्बलिएको दाबी गरे ।
आज बिहीवार काठमाडौंको बुद्धनगरमा भएको नेता नेपाल पक्षका केन्द्रीय सदस्यको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले ओलीका अभिव्यक्तिले पार्टी एकता खल्बलिएको बताए ।
रावलले बैठकमा भने, ‘केपी ओलीका अभिव्यक्तिले एकताको वातावरण खल्बलिएको छ । हामीले एकताको प्रयास जारी राख्नुपर्छ ।’
उपाध्यक्ष रावलले कार्यदलमार्फत् भएका सबै कामहरू आफूले नेता माधवकुमार नेपालसँगको सहमति र निर्देशनमा गरेको समेत स्पष्ट पारेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।