काठमाडौं – नेकपा एमालेका असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय सदस्यहरूको बैठक अकस्मात स्थगित भएको छ ।
बुधबार बिहान ११ बजे बुद्धनगरको क्वालिटी पार्टी प्यालेसमा बस्ने तय भएको केन्द्रीय सदस्यको बैठक नेताहरूको व्यस्तताका कारण स्थगित भएको छ ।
धेरैजसो केन्द्रीय सदस्य उपत्यकाबाहिर रहेकाले गर्दा बैठक स्थगित गरिएको नेता झपट रावलले जानकारी दिए । पार्टी एकता र सरकार लगायतका विषयमा छलफल गर्न भन्दै नेपालले बैठक बोलाए पनि अन्तिममा स्थगित भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सघाउँदै आएको नेपाल पक्षले पार्टी एकताबारे छलफल गर्ने तयारी थियो । देउवाले नेपाल पक्षलाई पर्खिंदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।