आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गोकुल बाँस्कोटाको खुलासा : ‘भोलि माधव कमरेडको कलम पार्टी घोषणा’

गोकुल बाँस्कोटाको खुलासा : ‘भोलि माधव कमरेडको कलम पार्टी घोषणा’

  • मिडिया डबली
  • मंगलवार, श्रावण १९ २०७८

  • 8.9K
    SHARES

  • गोकुल बाँस्कोटाको खुलासा : ‘भोलि माधव कमरेडको कलम पार्टी घोषणा’

    काठमाडौं – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले भोलि बुधवार पार्टी वरिष्ठ नेता माधवकुमार नेपालले एमालेलाई रातोबत्ती देखाएर कलम पार्टी घोषणा गर्ने जनाएका छन् ।

    सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता बाँस्कोटाले क्वालिटीमा पार्टी घोषणा हुने जनाए ।

    बाँस्कोटाले लेखेका छन्, ‘क्वालिटीमा भोलि माधव कमेडले एमालेलाई रातोबत्ती देखाएर कलम पार्टी घोषणा गरी माओवादी पार्टीमा जाने ढोका खोल्ने र अन्ततः भाइ कांग्रेस भई नयाँ अग्रगामी इतिहास रच्ने लास्ट प्रयास गर्ने ।’

    एमालेभित्र विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच भेटवार्ता गराउने प्रयास भइरहेका बेला बाँस्कोटाको अर्थपूर्ण ट्वीट आएको छ । नेता बाँस्कोटा अध्यक्ष ओलीका अत्यन्तै निकट मानिन्छन् ।

    सहमतिको प्रयास गरिरहेका दोस्रो तहका नेताहरूले मंगलबारसम्म दुबै नेताको भेट हुने बताएपनि सम्भव देखिएको छैन । यस्तै बेला बाँस्कोटाले ट्वीट आएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धनले समेत नेता नेपाल पक्षलाई सरकारमा सहभागी हुन पर्खिरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend