आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीको सिको गर्दै डोरमणि पौडेल, २ अध्यादेश स्वीकृत

केपी ओलीको सिको गर्दै डोरमणि पौडेल, २ अध्यादेश स्वीकृत

  • मिडिया डबली
  • मंगलवार, श्रावण १९ २०७८

  • 4.8K
    SHARES

  • केपी ओलीको सिको गर्दै डोरमणि पौडेल, २ अध्यादेश स्वीकृत

    काठमाडौं – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबाट शासनबाट चलाएकोमा सर्वत्र आलोचना हुने गरेकोमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समेत त्यसको सिको गर्न थालेका छन् ।

    बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती कर्मचारीको पदस्थापन, सरुवा तथा काज सम्बन्धमा पहिलो सम्बोधन गर्न बनेको विधेयक २०७८ र प्रदेश नीति तथा योजना आयोग (गठन र कार्य सञ्चालन) चौथो संशोधन २०७८ को अध्यादेश स्वीकृत गरेको छ ।

    मुख्यमन्त्री पौडेलको अध्यक्षतामा मंगलबार बसेको बैठकले काठमाडौंको कीर्तिपुर नगरपालिका र चीनको हुवेयी प्रान्तस्थित हुवाङगाङ शहरबीच भगेनी सम्बन्ध स्थापित गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयालले जानकारी दिए ।

    बैठकले बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत चालू आव २०७८/७९ भित्र २८३ अस्थायी दरबन्दीको कर्मचारीको पदस्थापना गर्न स्वीकृत प्रदान गरेको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend