काठमाडौं – सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्षमा आदेश गरेका छन् ।
ओलीको मागबमोजिम कर्णाली प्रदेशका एमालेका ४ सांसद प्रकाश ज्वाला, अम्मरबहादुर थापा र कुर्मराज शाही र नन्दसिंह बुढा पदमुक्त भएका हुन् ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले सांसदहरू पदमुक्त हुने आदेश गरेको छ ।
अदालतले नेकपा एमाले अध्यक्ष ओलीले दिएको पुनरावलोकन निवेदनमा अन्तरिम आदेश सुनुवाई गर्दै यसअघिको अन्तरिम आदेश खारेज गरेको छ ।
कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा ‘फ्लोर क्रस’ गरेका यी ४ सांसद वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका थिए । सर्वाेच्चको पछिल्लो आदेशसँगै नेता नेपाललाई धक्का लागेको छ ।
पढ्नुहोस् आदेशको पूर्णपाठ –


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।