आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

असोज ९ गतेसम्म देशभरका पालिकामा पार्टी अधिवेशन गरिसक्ने एमालेको निर्णय

असोज ९ गतेसम्म देशभरका पालिकामा पार्टी अधिवेशन गरिसक्ने एमालेको निर्णय

  • मिडिया डबली
  • आइतवार, श्रावण १७ २०७८

  • 3.0K
    SHARES

  • असोज ९ गतेसम्म देशभरका पालिकामा पार्टी अधिवेशन गरिसक्ने एमालेको निर्णय

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ ।

    बैठकले स्थानीय तह पालिकाका पार्टी कमिटीहरुको अधिवेशनका लागि समयसीमा तोकेको छ ।

    ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आज आईतबार बसेको स्थायी कमिटी बैठकले देशभरका सबै पालिकास्तरको अधिवेशन आगामी असोज ९ गतेसम्म गरिसक्ने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले बताएका छन् ।

    बैठकले साउन २४ गते एमाले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । 

    बैठक भोलि सोमबार फेरि बस्ने निर्णय गर्दै सकिएको छ । आईतबार तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा बसेको बैठकले भोलि सोमबार दिउँसो ३ बजे फेरि बैठक बस्ने निर्णय गरेको छ ।

    आईतबारको बैठकमा उपाध्यक्ष बामदेव गौतम समेत सहभागी भएका थिए । नेता माधव नेपाल पक्षका नेताहरु बैठकमा सहभागी भएनन् । हिजो शनिबारको बैठक माधव पक्षकै आग्रहमा आईतबारका लागि सारिएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend