काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ ।
बैठक भोलि सोमबार फेरि बस्ने निर्णय गर्दै सकिएको छ ।
आईतबार तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा बसेको बैठकले भोलि सोमबार दिउँसो ३ बजे फेरि बैठक बस्ने निर्णय गरेको छ ।
आईतबारको बैठकमा उपाध्यक्ष बामदेव गौतम समेत सहभागी भएका थिए । नेता माधव नेपाल पक्षका नेताहरु बैठकमा सहभागी भएनन् । हिजो शनिबारको बैठक माधव पक्षकै आग्रहमा आईतबारका लागि सारिएको थियो ।
पार्टीको विधान महाधिवेशन, केन्द्रीय विभागको गठन र सदस्यता नवीकरणमा बैठक केन्द्रित भएपनि आज आईतबार विषय प्रवेश नै भएन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।