काठमाडौँ - एमाले विवाद जबजब उत्कर्षमा पुग्छन्, तबतब माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सक्रियता बढिहाल्छ । उनी एमाले नेताहरूलाई भेटघाटका लागि कुदिहाल्छन् ।
नेकपा हुँदा प्रचण्ड र माधवकुमार नेपालबीच सम्बन्ध सुदृढ बनेको हो । एमाले अध्यक्ष केपी ओली प्रचण्डलाई अलिकति पनि मन पराउँदैनन् । तर, प्रचण्ड भने ओलीलाई चिढ्याउन माधव नेपाललाई भेटिरहन्छन् । गठबन्धनको बैठकमा सामेल गराउँछन् ।
आइतबार एमाले स्थायी कमिटी बैठक बस्दैछ । एमाले ओली पक्षले माधव नेपाल पक्षलाई नकुरी पार्टीको केन्द्रीय कमिटीलाई पूर्णता दिने र केन्द्रीय महाधिवेशन आयोजक कमिटी विस्तार गर्दैछ । तर, आइतबार बिहानै माधव नेपाललाई भेट्न प्रचण्ड कोटेश्वर पुगेका छन् ।
सत्ता सहकार्यबारे छलफल गर्नका लागि नेता नेपाललाई भेट्न प्रचण्ड उनको निवासमै पुगेका हुन्। एमालेको माधव समूहलाई सरकारमा ल्याउने कसरतमा प्रचण्ड छन्। तर माधव समूहभित्र सत्तामा जाने कि नजाने भन्नेमा तीव्र मतभेद छ।
केहीले पार्टी एकतामा जोड दिँदै सरकारमा जान नहुने बताइरहेका छन् भने कतिपयले आफैले निर्माण गरेको सरकारमा सहभागी भएर हिस्सा लिनुपर्ने बताइरहेका छन्।
पार्टी एकताका लागि प्रयास गर्ने भन्दै शनिबार एजेण्डामा प्रवेश नगरी एमाले स्थायी कमिटी बैठक स्थगित भएको थियो।
हिजो स्थगित भएको बैठक आज अपरान्ह ३ बजे बस्ने र माधव समूह सहभागी नभए पनि उक्त बैठक अघि बढाउने तयारी एमाले संस्थापन समूहले गरिरहेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।