आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रधानमन्त्रीबाट पदच्यूत गराएकै रिसमा ओलीले माधव नेपाललाई देशद्रोही भन्न मिल्छ ?

प्रधानमन्त्रीबाट पदच्यूत गराएकै रिसमा ओलीले माधव नेपाललाई देशद्रोही भन्न मिल्छ ?

  • मिडिया डबली
  • आइतवार, श्रावण १७ २०७८

  • 6.5K
    SHARES

  • प्रधानमन्त्रीबाट पदच्यूत गराएकै रिसमा ओलीले माधव नेपाललाई देशद्रोही भन्न मिल्छ ?

    काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमालेमा देखिएको विवाद अहिलेसम्मकै खराब अवस्थामा पुगेको छ ।

    अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालका तिक्ततापूर्ण अभिव्यक्ति र एक अर्काविरूद्धका समानान्तर तयारीले अब यी दुवै समूह एकता होइन, मैदानमै मुठभेडमै जाने हुन् कि भन्ने अवस्था देखिएको छ ।

    खासगरी पार्टी अध्यक्ष ओलीमा प्रधानमन्त्रीबाट पदच्यूत हुनुपर्दाको पीडा अत्यधिक देखिएको छ । बालुवाटारको सुखसयल र ऐसआराम खोसिदिएकामा उनी माधव नेपालविरुद्ध आक्रामक भएका छन् । विक्षिप्तकै अवस्थामा उनले माधव नेपाललाई देशद्रोहीको आरोप लगाएका छन् ।

    अस्तिसम्म गद्दार भनेर गाली गर्ने ओलीले शनिबार एमाले काठमाडौँ  जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्ने क्रममा नेता नेपाललाई देशद्रोहीकै संज्ञा दिँदै पार्टीमा ठाउँ नदिने प्रष्ट पारे । नेपालबाहेकका नेतासँग मात्र एकता गर्न सकिने उनले घोषणा गरे ।

    शनिबारको ओलीको प्रस्तुतिले एकताको प्रयास पनि बिथोलिँदै गएको देखाएको छ ।  नेता नेपालले आफूनिट अखिल फोर्सको छुट्टै भेला बोलाएर शनिबार नै शक्ति प्रदर्शन गरेपछि ओली तनावमा परेका छन् । नेता नेपालले संविधान र लोकतन्त्रको रक्षाका पार्टीभित्रै विद्रोह गर्नुपरेको बताएका थिए ।

    पार्टीको अध्यक्ष, दुई दुईपटक देशको प्रधानमन्त्रीसमेत भइसकेको व्यक्ति, अहिले प्रमुख प्रतिपक्षी दलको नेतासमेत रहेका ओलीले माधव नेपाललाई देशद्रोहीको आरोप लगाएको पचाएका छैनन् । देशद्रोही भनेको सरकारी पदमा आसीन रहेर देशविरुद्ध हर्कत गर्ने, गोप्य सूचना दिने, नेपाली जनताको सार्वभौमसत्तामाथि विदेशीसँग मिलेर गर्ने षड्यन्त्रमा सामेल भएको हुनुपर्छ । तर, माधव नेपाल केहीमा पनि सामेल छैनन् । उनको एउटै मात्र काम भनेको केपी ओलीलाई कुर्सीबाट झारेर सडकमा ल्याउनु हो ।

    ओलीलाई प्रधानमन्त्रीबाट झार्दैमा माधव नेपाल कसरी देशद्रोही भए ? ओलीको यो आरोपले उनी तुच्छ नेताका रूपमा परिणत भएका छन् । बाललुवाटारबाट बालकोटको बार्दलीमा सीमित हुनुपर्दा ओली अहिले के बोल्ने के नबोल्ने भन्ने सोच्नसमेत सकेका छैनन् । ओलीमा सत्तामोह कतिसम्म रहेछ भन्ने यसले प्रस्ट पार्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend