काठमाडौं - नेपालमा पछिल्लो समय इगोको राजनीति सुरु भएको छ । त्यसको सुरुवता गर्ने प्रमुख नेता हुन् एमाले अध्यक्ष केपी ओली ।
उनकै पदचाप अनुशरण गरेर अरु दुईजनाले पनि आफ्नो साख सखाप पारेका छन् । उनीहरू हुन् राष्ट्रपति विद्यादेवी भण्डारी र लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल ।
आफ्नो दुई तिहाइ बहुमत जोगाउन नसकेर प्रधानमन्त्री पदबाट पदच्यूत भएका ओलीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाईसमेत दिएनन् ।
उनी सपथ कार्यक्रममा समेत गएनन् । जबकि निवर्तमान प्रधानमन्त्री नवनियुक्त प्रधानमन्त्रीको सपथमा जाने परम्परा नै छ । यसलाई ओलीले तोडेका छन् । यसले ओलीको हैसियत खस्किएको छ । उनलाई धैर्यता नभएको नेताका रूपमा चित्रित गर्न थालिएको छ ।
ओली पदच्यूत भएसँगै देउवा प्रधानमन्त्री बनेको घटनालाई राष्ट्रपति भण्डारीले पनि सहन गर्न सकिनन् । उनले प्रधानमन्त्री देउवालाई सपथ खुवाए पनि बधाईसमेत दिइनन् । भण्डारीलाई अहिले ओली एमालेको मात्र राष्ट्रपति भनेर सम्बोधन गर्न थालिएको छ ।
यस्तै, मुख्यमन्त्री शंकर पोखरेल पनि निकै असहिष्णु देखिएका छन् । आफ्नो पद गुम्ने अवस्था आएपछि उनी प्रदेश प्रमुख अमिक शेरचनको पदबहालीमा उपस्थितसमेत भएनन् । ओली, भण्डारी र पोखरेल एमालेमा तीनैजना एउटै गुटका नेता थिए । भण्डारी राष्ट्रपति बने पनि उनको चरित्र एमालेको उपाध्यक्षमा सीमित भएको छ ।
नवनियुक्त प्रधानमन्त्रीलाई सपथपश्चात बधाईसम्म नदिने राष्ट्रपति, प्रदेश प्रमुखको वहाली कार्यक्रम बहिष्कार गर्ने मुख्यमन्त्री, सपथमा छुटेको शब्द राष्ट्रपतिले रच्चारण गर्न लगाउँदा अस्वीकार गर्ने प्रधानमन्त्री हुनु नेपालीका लागि दुर्भाग्य भएको बताउन थालिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।