आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओली र नेपालबीच वाकयुद्ध : अझै मिल्ने सम्भावना कति छ ?

ओली र नेपालबीच वाकयुद्ध : अझै मिल्ने सम्भावना कति छ ?

  • मिडिया डबली
  • आइतवार, श्रावण १७ २०७८

  • 3.6K
    SHARES

  • ओली र नेपालबीच वाकयुद्ध : अझै मिल्ने सम्भावना कति छ ?

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भित्रको जारी विवाद हल गर्न शनिवार अध्यक्ष केपी शर्मा ओली अर्थात् संस्थापन पक्षले बोलाएको स्थायी कमिटीको बैठक कार्यदलको सुझाव अनुसार स्थगित भएको छ ।

    पार्टी अध्यक्ष ओलीले नेता माधवकुमार नेपाल पक्षलाई अब धेरै दिन कुर्न नसकिने भन्दै शनिवारसम्मको समयसीमा दिएका थिए । तर पार्टी भित्रको समस्या समाधान गर्न बनेको विघटित कार्यदलमा रहेका नेताहरुको सुझावअनुसार अध्यक्ष ओलीले स्थायी कमिटीको बैठक बस्दै नबसी स्थगित गरेका छन् ।

    विघटित कार्यदलले दुबै समूहबीच सहमतिको खोजी गर्न केही समय मागेपछि अध्यक्ष ओलीले त्यसमा सहमति जनाएका छन् ।

    फेरि सक्रिय बनेको विघटित कार्यदलले यसअघि पार्टी भित्रको विवाद समाधान गर्न १० बुँदे सहमति जारी गरे तापनि सहमति कार्यान्वयन हुन सकेको छैन । विवाद समाधान गर्न दोस्रा तहका नेताहरुले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच संवाद गराउन लगातार प्रयास गरिरहेका छन् ।

    पार्टी भित्रको विवाद हल गर्न नेपाल पक्षले एकपछि अर्को प्रस्ताव अगाडि सार्दै आएको छ भने संस्थापन पक्षले कतिपय पूरा नै हुन नसक्ने माग अगाडि सारेका छन् । पार्टीभित्र विवाद विद्यमान रहेकै बेला संस्थापन पक्ष र वरिष्ठ नेता नेपाल पक्षका युवाले शक्ति प्रदर्शनको कार्यलाई तीब्र पारेका छन् ।

    यसैबीच, नेकपा एमालेका अध्यक्ष ओलीले माधव नेपालजस्ता नेताहरुका लागि पार्टीमा ठाउँ नभएको दोहोर्‍याएका छन् । प्रधानमन्त्रीबाट हटेलगत्तै आफ्नो निवास बालकोटको बार्दलीबाट नेपाल पक्षलाई पार्टीभित्र ठाउँ नरहेको उद्घोष गरेका ओलीले पुनः नेपाल जस्तालाई पार्टीमा ठाउँ नदिने बताएका छन् ।

    शनिवार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिनेलाई अब पार्टीमा ठाउँ नहुने बताए । उनले भने, ‘अब माधव नेपालजस्ता आन्दोलन विरोधीलाई कुनै ठाउँ छैन । जसले बामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थीको सरकार बनाउने, दक्षिणपन्थीको सरकारलाई ‘फ्लोर क्रस’ गरेर भोट हाल्ने काम गरे ।’

    आफ्नो प्रधानमन्त्रीले विश्वासको मत माग्दा २७ जना बाहिर लिएर गएर सरकार ढाल्ने काम भएको बताउँदै उनले भने, ‘मुख्य–मुख्य अपराधीबाहेक अरु भने पार्टीमा फर्कन सक्छन्, अरु साथीहरुलाई मौका दिन्छौं ।’

    ओलीले पार्टी एकताका नाममा धेरै कुर्न नसकिने जिकिर गर्दै अहिले धेरै चिन्ता गरिरहनुपर्ने अवस्था नरहेको बताए । आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दावी गर्दै ओलीले पार्टीमा खुट्टा तान्नेहरु कोही नभएको भन्दै अब सजिलै बहुमत ल्याउन सकिने बताएका छन् ।

    यस्तै, एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष ओलीलाई संकेत गर्दै फेरि प्रधानमन्त्री बन्नका लागि जालझेल नगर्न चेतावनी दिएका छन् । अखिल फोर्सले आयोजना गरेको शनिबारको भेलालाई सम्बोधन गर्दै नेता नेपालले फेरि फर्केर प्रधानमन्त्री बन्छु कि भन्ने ठानेर जालझेल गर्न अब सम्भव नभएको बताए ।

    प्रतिनिधिसभा जोगाउन, सांसद पद जोगाउन, विधि जोगाउनका लागि आफूहरुले वर्तमान सरकारलाई विश्वासको मत दिएको बताउँदै नेपालले अहिलेको सरकारलाई जनताको पक्षमा राम्रो काम गर्न सुझाव दिए ।

    निरंकुश र स्वेच्छाचारी प्रवृत्तिको विरोध गर्दै मनपरी, बेलगाम, अराजक भएर नेतृत्व नचलोस् भनेर होशियार बनाउन कार्यकर्ताले भूमिका खेल्नुपर्नेमा जोड दिँदै नेता नेपालले ‘म नै सर्वेसर्वा’ भन्ने भावनालाई अस्वीकार गरिने बताएका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend