आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले एकताका लागि रामकुमारी झाँक्रीको भयंकर शर्त, केपी ओली ‘आउट’

एमाले एकताका लागि रामकुमारी झाँक्रीको भयंकर शर्त, केपी ओली ‘आउट’

  • मिडिया डबली
  • शनिवार, श्रावण १६ २०७८

  • 5.1K
    SHARES

  • एमाले एकताका लागि रामकुमारी झाँक्रीको भयंकर शर्त, केपी ओली ‘आउट’

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा सहमतिको प्रयास भइरहेका बेला सांसद रामकुमारी झाँक्रीले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने भयंकर शर्त राखेकी छन् ।

    नेपाल निकट अनेरास्ववियूले आज शनिवार आयोजना गरेको अखिल फोर्सको भेलामा झाँक्रीले पार्टी र कम्युनिस्ट आन्दोलनलाई अहिलेको अवस्थामा पुर्‍याउने मुख्य जिम्मेवार ओली भएकाले राजीनामा दिनुपर्ने शर्त राखिन् ।

    एमाले पार्टी एकताका लागि माधवकुमार नेपाल पक्षले १० बुँदे प्रस्ताव मानेर जान नसक्ने उनले बताइन् । एमाले विवाद समाधान गर्न गठित कार्यदलले असार २७ गते १० बुँदे सहमति गरेपनि नेपाल पक्षले मानेको छैन ।

    अध्यक्ष ओली पक्ष र कार्यदलमा रहेका नेपाल पक्षका नेताहरुले सहमति मानेर जानुपर्ने बताइरहेका बेला झाँक्रीसहित कतिपय नेताले मान्न नसकिने बताइरहेका छन् ।

    पार्टीमा ओलीलाई अध्यक्ष मानेर एमालेमा बस्न नसकिने उनले बताइन् । ‘यो कम्युनिस्ट आन्दोलन धरासायी गर्ने तपाईं राजीनामा गर्ने चेस्टा गर्नुहुन्छ कि गर्नुहुन्न ?’ नेत्री झाँक्रीले प्रश्न गरिन् ।

    प्रतिनिधिसभा संसद र संविधान जोगाउन नेपाल पक्षले गरेको विद्रोहले सर्वाेच्चबाटै वैधता पाएको अवस्थामा मुलुकको राजनीतिलाई अहिलेको अवस्थामा पुर्‍याउने ओली पार्टीबाट ‘आउट’ हुनुपर्ने क्राँक्रीले बताइन् । उनले भनिन्, ‘आज हामीले गरेको विद्रोहले वैधता प्राप्त गरेको छ । राजनीतिलाई यो अवस्थामा पुर्‍याउने पात्रहरुले राजनीतिबाट बाहिर भएको अवस्थामा पार्टी एकता हुन्छ ।’

    नेकपा एमालेको नवौं महाधिवेशनबाट ओली पार्टी नेतृत्वमा आएयता पार्टीले सही किसिमले काम गर्न नसकेको झाँक्रीले आरोप लगाइन् । आफ्नै जिन्दगीमा, आफ्नै मिहिनेतले प्राप्त गरेको दुईतिहाइको सरकारलाई ढलाउनमा ओलीले प्रधानमन्त्रीका रुपमा चालेका कदम दोषी रहेको झाँक्रीले बताइन् ।

    ‘दुईतिहाइको सरकार गिराउने कुरा हामीले विश्वासको मत नहालेर हो ? काम गर्न नदिएर बालुवाटारबाट बालकोटको बार्दलीमा पुग्नुभएको हो ?’ झाँक्रीले भनिन्, ‘तत्कालीन प्रधानमन्त्री ओलीलाई आज यो अवस्थामा पुर्‍याउनका लागि विरोधीले काम गरेन भन्ने बाह्य कुरा हो । उहाँको वास्तविक अन्तरनिहीत स्वेच्छाचारी, निरंकुश कदमले संविधान र व्यवस्थामाथि जुन प्रहार गर्नुभयो, त्यसलाई आजको समाजले बालुवाटारबाट बार्दलीमा पुर्‍याउनु थियो र पुर्‍याएको छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend