आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सिंहदरबारमा एमाले कार्यदलको बैठक सकियो, दुबै पक्षको यस्तो निष्कर्ष

सिंहदरबारमा एमाले कार्यदलको बैठक सकियो, दुबै पक्षको यस्तो निष्कर्ष

  • मिडिया डबली
  • शनिवार, श्रावण १६ २०७८

  • 6.9K
    SHARES

  • सिंहदरबारमा एमाले कार्यदलको बैठक सकियो, दुबै पक्षको यस्तो निष्कर्ष

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विघटित कार्यदलका नेताहरुले सिंहदबारमा बैठक गरेर पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा बताएका छन् ।

    एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शनिवार बसेको विघटित कार्यदलको बैठकमा नेताहरुले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा बताएका छन् ।

    कार्यदलका नेताहरूबीचको बैठकपछि नेता गोकर्ण विष्टले भने, ‘पार्टी एकतालाई जोगाउनुपर्छ र छोटो अवधिमै यसलाई टुंग्याएर जानुपर्छ । अब ढिला गर्नुको अर्थ पार्टीमा एकपछि अर्को क्षति पुग्छ भन्ने निष्कर्षमा पुगियो ।’

    पार्टी सचिव समेत रहेका विष्टले १० बुँदे सहमति र २ अध्यक्षको प्रसंग चलिरहेको उल्लेख गर्दै त्यसैलाई आधार बनाएर पार्टी एकताको प्रयत्नमा केन्द्रित हुने बताएका छन् ।

    नेता माधवकुमार नेपाल पक्षी नेता नेता रघुजी पन्तले आज शनिबार अपराह्न बोलाइएको स्थायी कमिटी बैठकमा सहभागी हुनेबारे छलफल नभएको बताएका छन् । ‘हाम्रो सम्पूर्ण छलफल पार्टी एकताको विषयमा मात्रै केन्द्रित भयो,’ नेता पन्तले भने ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले आज शनिबार अपराह्न पार्टीको स्थायी समिति बैठक बोलाएका छन् । नेपाल पक्षले पार्टीभित्र २ अध्यक्षको व्यवस्था हुनुपर्ने प्रस्ताव बाहिर ल्याएको छ भने अध्यक्ष ओली पक्षले विघटित पार्टी एकता कार्यदलले सहमति जुटाएको १० बुँदे सहमतिलाई मुख्य आधार बनाएर पार्टी एकता छिटो टुंग्याउनुपर्ने अडान राख्दै आएको छ ।

    यसैबीच, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई देशद्रोहीको संज्ञा दिएका छन् । 

    एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले नेता नेपालविरुद्ध तिखो बोली बोलेका छन् ।

    ‘माधव नेपालजस्ता आन्दोलन विरोधी देशद्रोहीलाई कुनै पनि ठाउँ छैन । आफ्नो पार्टीको अध्यक्ष र प्रधानमन्त्रीले विश्वासको मत माग्दा २२ जना सांसद बाहिर लिएर जाने तर दक्षिणपन्थी सरकार बनाउन विश्वास जाहेर गर्न ह्वीप उल्लंघन गरेर भोट हाल्न जाने । योभन्दा निर्लज्ज र दलाली काम अरु के हुनसक्छ ? यस्तालाई पार्टीमा ठाउँ छैन,’ अध्यक्ष ओलीले भने ।

    प्रतिक्रियावादी शक्तिहरुसँग मिलेर एमालेको सरकार ढालेको र प्रतिगनमनमा सहभागी भएर दक्षिणपन्थी सरकार बनाएको आरोप समेत ओलीले नेपालमाथि लगाएका छन् । 

    ‘अदालतले पार्टी फुटाएको होइन । अर्को नाममा दर्ता गर्न आऊ भनेको थियो । मैले प्रचण्डलाई फोन गरेर अनेक पटक सोधे । उनले मजाकको विषय बनाएर उडाए,’ अध्यक्ष ओलीले भने ।

    अदालतको फैसलापछि आफूहरु पूर्व पार्टीमा फर्किएको र एमालेका माधव नेपाल सहितका केही नेताहरुले एमाले छाडेको ओलीले बताएका छन् । ‘पार्टी छाडेको हो उनीहरुले । एकीकरण गलत थिएन, केही मान्छेहरूले पार्टी छाडे । प्रचण्ड एण्ड कम्पनीले पार्टी छाडे,’ ओलीले भने, ‘हामी पूर्व नाममै फर्किएका हौं । पूर्व एमाले, पूर्व माओवादी पनि एकीकृत भावनाका साथ यो पार्टीमा हुनुहुन्छ ।’ 

    पार्टीविरुद्ध लागेका मुख्य–मुख्य अपराधीबाहेक अरु साथीहरु गल्ती महसूस गरेर पार्टीमा फर्किए स्वागत गर्न तयार रहेको र कुरा पनि भइरहेको अध्यक्ष ओली बताएका छन् । ‘जो–जो आउनुहुन्छ ठीक छ, आउनुहुन्न भने पनि चिन्ता छैन । समय छुट्दैन । मान्छे मात्रै छुट्छ । गल्ती त सानो होइन, पार्टीको सरकार ढल्यो, जनताको सरकार ढल्यो दक्षिणपन्थी सरकार बन्यो,’ उनले भने ।

    आगामी निर्वाचनबाट दुईतिहाइ मत ल्याएर सरकार बनाउने दाबी समेत ओलीले गरेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend