आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले फुटाएर नयाँ पार्टी खोल्ने यी सांसदको खुलासा, ओलीविरुद्ध विद्रोह !

एमाले फुटाएर नयाँ पार्टी खोल्ने यी सांसदको खुलासा, ओलीविरुद्ध विद्रोह !

  • मिडिया डबली
  • शुक्रवार, श्रावण १५ २०७८

  • 5.6K
    SHARES

  • एमाले फुटाएर नयाँ पार्टी खोल्ने यी सांसदको खुलासा, ओलीविरुद्ध विद्रोह !

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा विवाद चर्किएर पार्टी एकताको प्रयास समेत भइरहेका बेला एमालेका नेता तथा सांसद मेटमणि चौधरीले पार्टीमा केपी शर्मा ओलीलाई अध्यक्ष मानेर जान नसकिने खुलासा गरेका छन् ।

    वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर चौधरीले अर्को नयाँ पार्टी निर्माण गर्ने समेत बताएका छन् ।

    आज शुक्रवार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै नेता चौधरीले ओलीलाई अध्यक्ष मानेर निर्वाचनमा जाँदा १६५ निर्वाचन क्षेत्रमध्ये कुनै पनि निर्वाचन क्षेत्रमा जित्न नसकेर समाप्त हुने स्थिति आउनसक्ने समेत बताएका छन् ।

    नेता चौधरीले सबै ठाउँमा हार्ने अवस्था हुँदाहुँदै ओलीसँग मिलेर ‘रिस्क’ मोल्न नहुने समेत बताए ।

    चौधरीले भने, ‘यदि हामीले अर्को पार्टी निर्माण गर्न सकेनौं भने हामी आफ्नै आँखा अगाडि केपी ओली अध्यक्ष रहेको पार्टी समाप्त भएको देख्नेछौं । एमाले १६५ वटा निर्वाचन क्षेत्रमध्ये कुनै पनि निर्वाचन क्षेत्रमा जित्न नसकेर समाप्त भएको त्यो खालको पोजिसन आउनसक्छ तर हामी यो रिस्क मोल्न चाहँदैनौं । यसको लागि फेरि पनि बृहत् खालको कम्युनिस्ट पार्टी निर्माण गर्ने, त्यो पार्टी निर्माण गर्नको लागि अहिले जति सकिन्छ नेकपा एमाले भित्रबाट विभाजन गर्ने, पार्टी निर्माण गर्ने, त्यसपछि नेपालमा रहेका जति कम्युनिस्ट पार्टीहरू छन्, माओवादी केन्द्र, विप्लवदेखि लिएर जनमोर्चा अनि नेपालको कम्युनिस्ट आन्दोलनसँग आइडोलजिकल्ली नजिक रहेको उपेन्द्र यादवको समेत पार्टीको बीचमा एकता गर्ने र फेरि पनि यो मुलुकको सबैभन्दा लार्जेस्ट पार्टी र यो मुलुकलाई नेतृत्व गर्ने ठाउँमा पुर्‍याउनुपर्छ भन्ने हाम्रो निष्कर्ष छ ।’

    नेता चौधरीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा छिट्टै सहभागी हुने समेत बताए । ६ वटासम्म मन्त्रालयसहित सरकारमा जानेबारे छिट्टै निर्णय हुने समेत उनको बताए । चौधरीले भने, ‘हामीले यति नै संख्यामा मन्त्रालय चाहिन्छ भनेर खोजेको छैनौं तर समानुपातिक प्रतिनिधित्व हुनैपर्छ । मलाई के लाग्छ भने ६ वरिपरिको मन्त्रालयमा हामी सहभागी हुन्छौं ।’

    एमाले पार्टीलाई सग्लो राख्ने हो भने एमाले र केपी ओलीबीच कुनै प्रकारको साइनो र सम्बन्ध बाँकी राख्न नहुने उनले बताए । ‘केपी ओलीलाई संसदीय दलको नेता र पार्टी अध्यक्षबाट हटाउनुपर्छ र हटाउन सकेनौं भने नेकपा एमालेलाई जोगाउन सक्दैनौं । त्यो त तयारी हुनुपर्छ र हामी प्रयास गरिरहेका छौं,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend