आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बालुवाटारको चिया खाएका माधव नेपाललाई केपी ओलीले खीर नखुवाउने !

बालुवाटारको चिया खाएका माधव नेपाललाई केपी ओलीले खीर नखुवाउने !

  • मिडिया डबली
  • शुक्रवार, श्रावण १५ २०७८

  • 3.4K
    SHARES

  • बालुवाटारको चिया खाएका माधव नेपाललाई केपी ओलीले खीर नखुवाउने !

    काठमाडौं – नेकपा एमालेमा लामो समयदेखि रहेको विवाद समाधान हुन सकेको छैन । विवाद समाधानका लागि दोस्रो तहका नेताहरूले प्रयास गरेपनि सफल हुन सकिरहेको छैन ।

    यस्तो बेला नेता माधवकुमार नेपाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसँग नजिक भएका छन् । नेता नेपाल प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गइरहन्छन् र चियापानी खाएर फर्किन्छन् ।

    बालुवाटारको चिया खाइसकेका नेता नेपाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खीर खाने कार्यक्रममा निम्तो समेत दिएनन् । नेकपा एमालेले आज शुक्रबार पार्टी कार्यालय थापाथलीमा खीर खाने कार्यक्रम राखेको छ तर नेता नेपाललाई खबर नै गरिएको छैन ।

    एमालेले साउन १५ गतेको अवसर पारेर राखिएको राखेको खीर खाने कार्यक्रममा नेता नेपाल पक्षलाई निम्ता नै नगरिएको स्रोतले जनाएको छ ।

    नेकपा एमालेका नेपाल पक्षीय नेता रघुजी पन्तले खीर खाने कार्यक्रमबारे कुनै जानकारी नभएको र निम्तो नआएको जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend