आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

यत्रो भाग राखेर माधव नेपाललाई पर्खिंदै देउवा–प्रचण्ड तर कहिलेसम्म ?

यत्रो भाग राखेर माधव नेपाललाई पर्खिंदै देउवा–प्रचण्ड तर कहिलेसम्म ?

  • मिडिया डबली
  • बिहिवार, श्रावण १४ २०७८

  • 7.2K
    SHARES

  • यत्रो भाग राखेर माधव नेपाललाई पर्खिंदै देउवा–प्रचण्ड तर कहिलेसम्म ?

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेको धेरै दिन भएपनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

    बुधवार बसेको सत्तारुढ गठबन्धनका दलको बैठकले छिट्टै मन्त्री नियुक्त गर्ने सहमति गरेका छन् । तर त्यसले पूर्णता पाउन सकेन ।

    बिहीबार बिहान समेत प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भयो । भेटमा मन्त्री नियुक्ति र भागबण्डाबारे छलफल भएपनि नेकपा एमालेका नेता माधवकुमार नेपाललाई अझै पर्खिनुपर्ने निष्कर्ष निकालिएको छ ।

    नेता नेपालले न देउवा सरकारमा जाने निर्णय गरिसकेका छन्, न अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गरेका छन् । नेता नेपाल कतै पनि स्पष्ट नखुलिसकेकाले देउवाले सरकारमा सहभागी हुनसक्ने आश गरिरहेका छन् । नेपाल पक्षमा केही नेताहरूले सरकारमा सहभागी हुनुपर्ने मत राखिरहेका छन् ।

    देउवा–प्रचण्डबीच भएको भेटवार्तापछि प्रचण्ड सोझै नेपालनिवास कोटेश्वर पुगेका थिए । कोटेश्वर पुगेर सरकारमा सहभागी हुन नेता नेपाललाई आग्रह गरे । नेता नेपाललाई पर्खिन खोज्दा अझै केही दिन मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुनसक्ने स्रोतले जनाएको छ ।

    नेता नेपाल पक्ष सरकारमा आउने/नआउने टुंगो नलागेकाले अन्य दलबीच समेत मन्त्रालयको भागबण्डा प्रभावित भएको छ । नेपाल पक्ष सरकारमा आएमा ६ वटा मन्त्रालय दिने समझदारी अन्य दलबीच बनेको छ ।

    एमालेको नेपाल पक्ष सरकारमा नआएको अवस्थामा माओवादी केन्द्र र जसपाले बराबरी ७/७ वटा मन्त्रालय पाउने भएका छन् भने कांग्रेसले ८ वटा मन्त्रालय पाउने समझदारी बनेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend