काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारीका बेला प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा चर्चित नेता गगनकुमार थापा हुनुपर्ने माग धेरैतिरबाट सुनियो तर अन्तिममा नेता थापाको नाम काटिएको चर्चा छ ।
कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको गुटमा रहेका नेता थापाको नाम सिटौलाले नै काटिदिएर मन्त्री बन्नबाट रोकेका छन् । देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र सिटौलासँग गुटभित्रबाट मन्त्री बन्नेको नाम मागेपनि सिटौलाले गगनको नाम दिएनन् ।
नेता सिटौलाले थापाको नाम काटेर पूर्वमन्त्री उमाकान्त चौधरीलाई मन्त्री बनाउन चाहेका छन् । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका चौधरीले घुस खाएर कांग्रेसको बदनाम गरेको चर्चा पार्टीभित्रै छ । तर सिटौलाले विवादास्पद व्यक्तिलाई नै मन्त्रीमा सिफारिस गरेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री देउवाले सिटौलाको पक्षबाट एक जना मन्त्री बनाउने र त्यसमा सिटौलाले चौधरीलाई सिफारिस गरेका छन् ।
सिटौलाले काठमाडौंको गौशालास्थित विश्वास कम्प्लेक्समा गुटको बैठक राखेर विवादित नेता चौधरीको नाम मन्त्रीमा सिफारिस गर्ने निर्णय सुनाएका छन् ।
पूर्व महामन्त्री सिटौला पक्षका वरिष्ठ नेता तथा सांसद भीमसेनदास प्रधान रहेका छन् । प्रधानलाई समेत सिटौलाले रोकेका छन् । गुटभित्र सबैभन्दा जुनियर नेता चौधरीलाई मन्त्रीमा सिफारिस गरेपछि सिटौलाको आलोचना हुन थालेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।