आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मन्त्री नियुक्त हुनुअघि प्रचण्ड अकस्मात किन पुगे माधव नेपालको घर ?

मन्त्री नियुक्त हुनुअघि प्रचण्ड अकस्मात किन पुगे माधव नेपालको घर ?

  • मिडिया डबली
  • बिहिवार, श्रावण १४ २०७८

  • 6.6K
    SHARES

  • मन्त्री नियुक्त हुनुअघि प्रचण्ड अकस्मात किन पुगे माधव नेपालको घर ?

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि मन्त्री नियुक्त गर्ने अन्तिम तयारी गरिरहेका बेला सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले नेता माधवकुमार नेपालको घर कोटेश्वर पुगेका छन् ।

    बिहीवार बिहान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बालुवाटारमा मन्त्रालयको भागबण्डाबारे छलफल गरेका प्रचण्ड लगत्तै नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् ।

    अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवा र नेता नेपालसँग समसामयिक राजनीतिबारे कुराकानी गरेको प्रचण्डको सचिवालयले जनाएको छ । नेता नेपालले देउवा सरकारमा सहभागी नहुने जानकारी दिएपछि प्रचण्ड सशंकित बनेका छन् । नेता नेपाल अन्तिममा अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न गएमा गठबन्धनमा असर पर्ने चिन्ता प्रचण्डलाई रहेको छ ।

    गठबन्धनका दलहरुबीच मन्त्रिमण्डललाई पूर्णता दिने र न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी भइरहेको छ । नेता नेपाललाई पनि सरकारमा ल्याउने कोसिसस्वरूप प्रचण्ड अकस्मात कोटेश्वर पुगेका स्रोतले जनाएको छ ।

    प्रधानमनत्री देउवाले शुक्रबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन् । हिजो बुधवार गठबन्धनका शीर्ष नेताले बालुवाटारमा बैठक गरेर मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिने निर्णय गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख ३० २०७७०१:४४:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend