काठमाडौं – निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कार्यकर्ता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री शेरबहादुर देउवासँग निहुँ खोजेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत नेता बाँस्कोटाले नेपाली कांग्रेसको आसन्न महाधिवेशनको सन्दर्भमा सभापति शेरबहादुर देउवामाथि व्यंग्य प्रहार गरेका छन् ।
नेपाली कांंग्रेसले तोकिएको मितिमा महाधिवेशन नगर्ने दाबी गर्दै नेता बाँस्कोटाले सभापति देउवाले जस्तोसुकै निर्णय गरेपनि प्रजातान्त्रिक नै हुने भनेर व्यंग्य गरेका छन् ।
बाँस्कोटाले ट्विटरमा लेखेका छन्, ‘मैले त पहिल्यै भन्या छु – कांग्रेस शून्य समयको प्रबन्ध मिलाउन खोज्दैछ । मौका पाए डेढ वर्ष महाधिवेशन सार्छ, नपाए अब वडा तहको गर्छ तर पालिका र जिल्ला तहको अधिवेशन नगरी कात्तिकतिर सिधै महाधिवेशन गर्छ । देउवाले गरेको निर्णय प्रजातान्त्रिक नै हुन्छ, निरंकुश कसले भन्दो रहेछ ? हामी पनि हेरौं त !’
कांग्रेसमा क्रियाशील सदस्यता विवाद समाधानका लागि वडा तहको महाधिवेशन स्थगित गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।