काठमाडौं – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच एक्लाएक्लै भेटवार्ता भएको छ ।
आज बिहीवार बिहान प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच एक्लाएक्लै छलफल भएको छ ।
स्रोतका अनुसार बिहान साढे ९ बजे भेटवार्ता सकिएको छ । छलफल सकेपछि प्रधानमन्त्री देउवा र प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् ।
आज बिहीवारै गठबन्धन बैठक गर्ने भने पनि प्रधानमन्त्री देउवा र प्रचण्डबीच मात्रै छलफल भएको छ । गठबन्धन बैठक हुन सकेन ।
प्रधानमन्त्री देउवा र प्रचण्डबीच मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने र गठबन्धनबाट सरकारका साझा कार्यक्रम ल्याउने लगायत विषयमा कुराकानी भएको जनाइएको छ ।
बुधवार बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने समझदारी गरेका थिए ।
प्रधानमन्त्री देउवा अहिले सिंहदरबार जाँदैछन् । केहीबेरमा राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरुको शपथ कार्यक्रम राखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।