आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओलीलाई १५ दिनभित्र लखेटेर एमाले पार्टी कब्जा गर्न माधव नेपाल पक्षको यस्तो ‘प्लान’

ओलीलाई १५ दिनभित्र लखेटेर एमाले पार्टी कब्जा गर्न माधव नेपाल पक्षको यस्तो ‘प्लान’

  • मिडिया डबली
  • बुधवार, श्रावण १३ २०७८

  • 6.7K
    SHARES

  • ओलीलाई १५ दिनभित्र लखेटेर एमाले पार्टी कब्जा गर्न माधव नेपाल पक्षको यस्तो ‘प्लान’

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदले केही हप्ताभित्र पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई बहुमतले लखेटेर पार्टी कब्जा गर्ने ‘प्लान’ बनाएका छन् ।

    कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेपाल पक्षका २२ सांसदले संसदीय दलमा बहुमत सिर्जना गर्ने प्रयास भइरहेको जनाएका छन् ।

    नेता नेपाल पक्षका सांसदले बुधबार शंखमुलस्थित सहाना प्रधान स्मृति प्रतिष्ठानमा आयोजना गरेको छलफलमा नेता नेपालले सबै सांसदका सल्लाह सुझाव सुनेका छन् ।

    छलफलमा सहभागी १९ जना सांसदले संसदीय दलमा बहुमत पुर्‍याउने अन्तिम प्रयास गर्नुपर्ने बताएका बैठकमा सहभागी सांसद मेटमणि चौधरीले जनाएका छन् । 

    चौधरीले भने, ‘अबको १५ दिन हामी संसदीय दलमा बहुमत पुर्‍याउने प्रयासमा लाग्छौं । बहुमत पुर्‍याएर केपी ओलीलाई संसदीय दलको नेताबाट हटाउँछौं र सरकारमा पनि सहभागी हुन्छौं । सरकारमा सहभागी हुने विषयमा सबै माननीयहरुको एकमत छ ।’

    बैठकमा सहभागी सांसद विरोध खतिवडाले संसदीय दलमा बहुमतको प्रयासमा लाग्नेबारे छलफल भएको बताएका छन् । 

    नेपाल पक्षकै सांसद कल्याणी खड्काले संसद विघटन अदालतले बदर गरेर कार्यान्वयन समेत भइसकेकाले सांसदहरु स्वतः संविधान, लोकतन्त्र र व्यवस्था जोगाउने पक्षमा आउने तर्क गरेकी छन् । 

    सांसद खड्काले भनिन्, ‘संसद पुनःस्थापनालाई त सबै माननीयहरुले स्वीकार्नुभएको छ । सानदार रुपमा संसदमा आउनुभएको छ । अदालतको निर्णयलाई कार्यान्वयन गर्नुभएको छ । संसद् पुनःस्थापना गलत थियो भने त उहाँहरु राजीनामा दिएर हिँड्नुपर्ने हो । त्यो त कसैले गर्नुभएन । त्यसैले उहाँहरु संविधान र लोकतन्त्र जोगाउने पक्षमा आउनुहुन्छ भन्ने विश्वास लिएका छौं ।’

    नेपाल पक्षको बैठकमा सहभागी सांसदले सम्मान सहितको पार्टी एकता हुँदा स्वीकार्न सकिने तर लतारिएर नजाने अडान दोहोर्‍याएका छन् । ‘पार्टी अध्यक्षले संसद विघटन गर्नु गल्ती थियो भन्ने स्वीकारेर कमजोरी सच्याउन तयार हुन्छन् भने पार्टी एकताको लागि सदैव तयार रहनुपर्छ,’ एक सांसदले भने ।

    छलफलमा सांसदका कुरा सुनेपछि नेता नेपालले पार्टी अध्यक्षले कमीकमजोरी सच्याउँछन् भने पार्टीमा जहाँसुकै रहेर पनि काम गर्न तयार रहेको बताएका थिए । नेपालले भने, ‘माधव नेपाल पदको लागि लडेको होइन । अहिले पद खोज्यो भनेर पदलोलुप देखाउन खोजिएको छ । हामीले संविधान र व्यवस्था जोगाएका हौं । यो ठीक काम गरेका छौं । कमीकमजोरी सच्चिन्छन् भने जहाँ बसेर पनि पार्टीको काम गर्न तयार छु ।’

    तत्कालका लागि सरकारमा जाने वा नजाने भन्ने कुरा गौण भएको नेता खड्काले बताइन् । ‘हामीले बाध्यात्मक अवस्थामा संविधान र व्यवस्था जोगाउने काम गरेका हौं । पदका लागि यी सबै काम गरेका होइनौं । सरकारमा जाने वा नजाने भन्ने गौण कुरा हो,’ उनले भनिन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend