आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शशांक कोइराला र गगन थापा सवार हेलिकप्टर आकस्मिक अवतरण

शशांक कोइराला र गगन थापा सवार हेलिकप्टर आकस्मिक अवतरण

  • मिडिया डबली
  • बुधवार, श्रावण १३ २०७८

  • 12.4K
    SHARES

  • शशांक कोइराला र गगन थापा सवार हेलिकप्टर आकस्मिक अवतरण

    काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला र नेता गगनकुमार थापा सवार हेलिकप्टर मकवानपुरमा आकस्मिक अवतरण गरिएको छ ।

    मौसम खराब  भएका कारण नेपाली कांग्रेसका नेता सवारी हेलिकप्टर मकवानपुरको बकैया गाउँपालिकामा आकस्मिक अवतरण गरिएको हो ।

    महामन्त्री कोइराला, नेता थापा र रौतहटका सांसद देवीप्रसाद तिमल्सिना लगायत चढेको हेलिकप्टर बकैया गाउँपालिकाको च्याउच्याउमा आकस्मिक अवतरण गरिएको जनाइएको छ ।

    नेपाली कांग्रेस बकैया गाउँपालिकाका सभापति भूमिनन्द गौतमले करीब ७ बजे च्याउच्याउमा हेलिकप्टर आकस्मिक अवतरण भएको बताएका छन् ।

    ‘रौतहटमा कार्यक्रम सकेर साँझ फर्किएको हेलिकप्टर बकैया गाउँपालिकाको च्याउच्याउको खेतमा आकस्मिक अवतरण गरिएको हो । मानवीय क्षति भएको छैन,’ उनले भने, ‘अहिले कोइराला, थापा, तिमल्सिना लगायतका नेता च्याउच्याउबाट हेटौंडाको सामना होटलमा आएर बसिरहेका छन् ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७११:३७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend