सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

प्रचण्डबाट सिकेका ‘चेला’ नेतृत्वको लुटपाट ग्याङका ६ जना हतियारसहित पक्राउ

प्रचण्डबाट सिकेका ‘चेला’ नेतृत्वको लुटपाट ग्याङका ६ जना हतियारसहित पक्राउ

  • मिडिया डबली
  • बुधवार, श्रावण १३ २०७८

  • 4.7K
    SHARES

  • प्रचण्डबाट सिकेका ‘चेला’ नेतृत्वको लुटपाट ग्याङका ६ जना हतियारसहित पक्राउ

    काठमाडौं – तत्कालीन नेकपा माओवादीले सशस्त्र युद्धका नाममा थुप्रै युवालाई लुटपाट र अपराध कर्म सिकायो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा लुटपाट सिकेका थुप्रै ‘चेला’ जन्मिए । त्यस्ता चेलाले अहिले पनि समय–समयमा प्रचण्डको आपराधिक कुकर्मलाई सम्झाउने गरेका छन् ।

    प्रचण्डकै कुकर्ममा हुर्किएका सुनसरीको गढी गाउँपालिका–१ बस्ने ४५ वर्षीय डाइमन्ड भनिने प्रमोद चौधरीसहित ६ जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ । चौधरीको नेतृत्वमा सुनचाँदी पसल लुटपाट गर्ने प्रयास भएपछि प्रहरीले पक्राउ गरेको हो ।

    माओवादी लडाकु चौधरीलाई पूर्व सैनिक जवान संखुवासभाको सभापोखरी गाँउपालिका घर भई हाल इटहरी उपमहानगरपालिका–२० बस्ने ३९ वर्षीय चन्द्रबहादुर राईले सहयोग गरेको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए ।

    चन्द्रबहादुर शेरदल गण ओखलढुंगामा नेपाली सेनाका पूर्व सैनिक जवान हुन् । प्रमोद माओवादीका पूर्व कार्यकर्ता हुँदै कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिसकेका व्यक्ति रहेका प्रहरीले जानकारी दिएको छ ।

    गत साउन १ गते मोरङको सुन्दरहरैंचाको विराटचोकस्थित खगेन्द्र थापाले सञ्चालन गरेको शिव पञ्चायन ज्वेलर्स सुनचाँदी पसलमा बन्दुक देखाएर लुटपाट गर्नेमध्येका ६ जनालाई प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । 

    पक्राउ पर्नेमा चौधरी, राई, संखुवासभाको बाह्रबिसे गाउँपालिका–६ घर भई हाल इटहरी उपमहानगरपालिका–२० बस्ने ३० वर्षीय चिरन्जीवी राई, सुन्दरहरैंचा–५ बस्ने २२ वर्षीय मिसन राई, भोजपुरको पौवादुम्मा गाउँपालिका–३ घर भई इटहरी–२० तरहरहरा बस्ने नगेन्द्र राई र सुन्दरहरैचा बस्ने ३१ वर्षीय सन्तोष राई छन् ।

    लुटपाटमा ७ जनाको संलग्नता देखिएपनि एक जनालाई प्रहरीले पक्राउ गर्न सकेको छैन । प्रहरीले अभियुक्तको साथबाट प्रहरीले एसएमजी १ वटा, म्यागजिन १ वटा, गोली ६२ राउन्ड, कटुवा पेस्तोल १ वटा, अटोमेटिक पेस्तोल १ वटा, अटोमेटिक पेस्तोलको म्यागजिन १ वटा र गोली २ राउन्ड, ३०३ राइफल राउन्ड ४ वटा, एमआरपी लेखेको सञ्चार सेट २ वटा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा सूचना अधिकारी दिपक श्रेष्ठले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend