आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओलीसँग मिल्न माधव नेपालको नयाँ शर्त : दोस्रो अध्यक्ष अर्कै व्यक्ति, को बन्ला ?

ओलीसँग मिल्न माधव नेपालको नयाँ शर्त : दोस्रो अध्यक्ष अर्कै व्यक्ति, को बन्ला ?

  • मिडिया डबली
  • बुधवार, श्रावण १३ २०७८

  • 6.7K
    SHARES

  • ओलीसँग मिल्न माधव नेपालको नयाँ शर्त : दोस्रो अध्यक्ष अर्कै व्यक्ति, को बन्ला ?

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा जारी विवाद समाधानका निम्ति क्रियाशील दोस्रो पुस्ताका नेताहरुसमक्ष दोस्रो अध्यक्ष झलनाथ खनाललाई बनाउन आग्रह गरेका छन् ।

    पार्टी अध्यक्ष केपी शर्मा ओली अधिकारसहित नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार भएको भन्दै दोस्रो पुस्ताका नेताहरुले एकताका लागि दबाब बढाएपछि नेता नेपालले आफूभन्दा खनाललाई दोस्रो अध्यक्ष बनाउनुपर्ने शर्त अघि सारेका हुन् ।

    नेपालले नयाँ पुस्ताका कुनै नेतालाई दोस्रो अध्यक्षको जिम्मेवारी दिए पनि मान्य हुने बताए । ‘मैले केपीको भनाइ बुझिसकेको छु,’ नेपाललाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘उनी दिन तयार छन् भने जेएन कमरेड वा तपाईंहरु दोस्रो पुस्तामध्येबाट कोही अध्यक्ष भए पनि मलाई मान्य छ ।’

    खासगरी दोस्रो पुस्ताका नेताहरुले ओलीसँग मिल्न निरन्तर आग्रह गरेपछि नेपालले आफूलाई दोस्रो अध्यक्ष नचाहिने र ओलीले दिन्छन् भन्ने विश्वास पनि नभएको बताएका छन् ।

    दोस्रो पुस्ताका नेताहरुले ओलीले कागज गरेरै दोस्रो अध्यक्ष दिने बताए पनि नेपाल पत्याउन तयार भएका छैनन् ।  

    एमाले महाधिवेशन २०७१ असारमा सम्पन्न भएको हिसाबले पनि ७ वर्ष पुगिसकेको छ । विगतमा ५–५ वर्षमा महाधिवेशन हुने गरेकोमा अहिले २ वर्ष कटिसकेको हुँदा ओली अध्यक्ष बनिरहन नसुहाउने समेत नेपालले बताउँदै आएका छन् ।

    एमाले विधानमा ७० वर्ष उमेर पुगेका नेताले दलबाट अवकास लिनुपर्ने प्रावधान छ । यस हिसाबले पनि ओली अध्यक्षको जिम्मेवारीबाट अलग्गिनुपर्ने आवाज उठ्दै आएको छ । विधानको प्रावधान ओलीले आफूलाई अनुकूल हुने गरी संशोधन गराए पनि नेपाल पक्षले आफ्नो संलग्नताबेगर भएको संशोधन अस्वीकार गर्दै आएको छ ।

    नेपाल पक्षका भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण बिष्टले ओली नरम भएका र निकै सच्चिएको बताउँदै आएका छन् । तर ओलीले हालै नेपाल पक्षलाई लक्षित गर्दै पार्टीमा अनुशासनहीन काम गर्नेलाई ‘एम्नेस्टी ग्रान्टेड’ भनेका थिए । त्यसबाट नेता नेपाल झनै आक्रोशित बनेका छन् ।

    नेपालले ‘महामहिम श्री ५ महाराजाधिराजबाट अभिव्यक्ति आयो, आममाफी दिइएको छ’ भन्दै ओलीको अभिव्यक्तिको विरोध गरेका थिए । त्यसपछि ओलीले माफी आफूले दिने नभई पार्टीले दिने भनेर स्पष्टीकरण दिएका थिए ।  

    माफी आफूहरुलाई होइन, प्रतिनिधिसभा विघटन गरेकोमा ओलीले नै माफी माग्नुपर्ने नेपाल भनाइ रहेको छ । नेपालले आफू नेतृत्वबाट अवकास लिन तयार भएको र अरु कसैले नेतृत्व लिए हुन्छ भन्ने धारणा पनि आफू पक्षीय नेताहरुको बैठकमा राखेका थिए । तर ओलीलाई टक्कर दिन अरुले नसक्ने हुनाले नेपालले नै जिम्मेवारी लिनुपर्ने धारणा समेत बैठकमा सहभागीहरुले राखेका थिए ।

    नेता नेपालले कम्युनिस्ट पार्टीमा विगतमा केशरजंग रायमाझी, तुल्सीलाल अमात्य र पुष्पलाल श्रेष्ठको जस्तै ३ नेताको सचिवालय बनाउन पहल गर्न समेत दोस्रो पुस्ताका नेताहरुलाई सुझाएका छन् । ३ सदस्यीय सचिवालयमा ओली, खनाल र बामदेव गौतमलाई सहभागी गराउन सकिने उनको सुझाव रहेको छ ।

    ‘मलाई कुनै पद चाहिएको छैन,’ नेपाललाई उदृत गर्दै एक नेताले भने, ‘मैले पद खोजें भन्ने भ्रम सिर्जना गरिएको छ, म अलग्गै बसेर अगाडि बढ्न पनि तयार छु ।’ आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend