काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षलाई सहभागी गराउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दौडधुप सुरु गरेका छन् ।
अध्यक्ष प्रचण्डले मंगलबार बिहान नेता नेपाललाई भेटेर सत्ता गठबन्धनलाई सघाएर सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।
मंगलबार बिहान नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले एमालेभित्र भइरहेको एकता प्रयासबारे चासो राखेका थिए । नेता नेपालले पार्टी एकताको प्रयास जारी रहे पनि केपी ओलीको नियत ठीक नभएको बताएको प्रचण्ड निकट स्रोतले जानकारी दिएको छ ।
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता सत्तारुढ पक्ष अध्यक्ष उपेन्द्र यादवलाई दिएपछि मन्त्रिपरिषद् पुनर्गठनको प्रक्रिया अगाडि बढ्ने देखिएको छ । यस्तो बेला अध्यक्ष प्रचण्डले अब मन्त्रिपरिषद् विस्तार लामो समय रोकेर राख्न नमिल्ने भन्दै एमाले भित्रको अवस्था टुंगो लगाएर सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।
नेता नेपाललाई भेटेलगत्तै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । नेता नेपाल पक्ष ओलीसँग मिल्न जानसक्ने चिन्ताका साथ प्रचण्डले नेता नेपाललाई कोटेश्वरमै पुगेर भेट्ने गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।