सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

ओलीले मन्त्रीबाटै बर्खास्त गरेका ईश्वरले अब भ्रष्टाचारी खोज्ने

ओलीले मन्त्रीबाटै बर्खास्त गरेका ईश्वरले अब भ्रष्टाचारी खोज्ने

  • मिडिया डबली
  • आइतवार, श्रावण १० २०७८

  • 6.4K
    SHARES

  • ओलीले मन्त्रीबाटै बर्खास्त गरेका ईश्वरले अब भ्रष्टाचारी खोज्ने

    काठमाडौं - एमालेमा सबैभन्दा धनाढ्य र सुकिलामुकिला नेताको अग्रपंक्तिमा पर्छन् ईश्वर पोखरेल । एमालेका अन्य नेताभन्दा अधिकांश समय ‘तर’ मार्ने नेतामा उनी सबैभन्दा अगाडि पर्छन् ।

    सर्वहारा, गरिब र मजदुरको नाममा राजनीति गरेर एमालेका दर्जनौं नेता अर्बपति बन्न सफल भएका छन् । अझ पोखरेलको त सम्पत्तिको हिसाबकिताब नै छैन । त्यही भएर केपी ओली सरकारमा झन्डै तीन वर्ष मन्त्री बनेका पोखरेलले आफ्नो सम्पत्ति विवरण नै सार्वजनिक गर्न चाहेनन् ।

    एक दर्जन बढी हाइड्रोमा संस्थापक शेयर, काठमाडौंमा धेरै ठाउँमा जग्गा, बैंकमा रामै्र ब्यालेन्स भएका पोखरेल मन्त्री हुँदा सरुवा बढुवा र ठेक्काबाट कमिसन लिने गरेकाले विवादमा तानिएका थिए । चीनबाट स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचारमा मुछिएका पोखरेलले त्यसकै कारण रक्षामन्त्री, सीसीएमसीको संयोजक पनि गुमाउन पुगे ।

    अहिले यिनै पोखरेल देउवा सरकारले गरेका भ्रष्टाचार खोज्न युथफोर्सलाई निर्देशन दिने भइसकेका छन् । पोखरेलको यो निर्देशनपछि एमालेमा उनलाई गिज्याउन थालिएको छ ।

    एमालेका निष्ठावान नेता कार्यकर्ता पोखरेलको यस्तो निर्देशनले आफैंलाई गिज्याइरहेको टिप्पणी गर्न थालेका छन् । यदि देउवा सरकारले अघिल्लो सरकारले गरेका भ्रष्टाचारको राम्रोसँग छानबिन गरेमा पोखरेल पहिले नै तानिने बताइन्छ ।

    स्वास्थ्य मन्त्रालयले खरिद गरेका स्वास्थ्य सामग्रीमा ३३ करोडभन्दा बढी भ्रष्टाचार भएको र त्यसमा पोखरेल, भानुभक्त ढकाललगायतको संलग्नता रहेको समाचार बाहिर आइसकेका छन् । त्यसैले पनि ओलीले पोखरेलको अधिकार कटौती गर्दै अन्तिममा मन्त्रीबाटै बर्खास्त गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend