काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग विद्रोह गरेर सत्तारुढ गठबन्धनमा सहभागी भएका नेता माधवकुमार नेपालले गठबन्धन कायमै राख्ने र मजबुत बनाउने सहमति गरेका छन् ।
पार्टीभित्र एमाले अध्यक्ष ओलीसँग सहमतिको प्रयास भइरहेका बेला नेता नेपाल पहिलोपटक बालुवाटार गएर सत्तारुढ गठबन्धनको बैठकमा सहभागी भएका छन् ।
आज शनिवार साँझ बालुवाटारमा भएको गठबन्धनको बैठकमा नेता नेपाल सहभागी भएका हुन् । यसअघि नेपालले गठबन्धनको बैठकमा आफू सहभागी नभएर विश्वासपात्र विजय पौडेललाई पठाउने गरेका थिए ।
आजको गठबन्धनको बैठकमा नेता नेपाल सहभागी भएपछि ओलीसँगको एकता झन् टाढा पुगेको विश्लेषण एमालेभित्र हुन थालेको छ ।
गठबन्धनको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपाका नेता उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी भएका छन् ।
बैठकमा गठबन्धन र सरकार दुबैलाई कसरी प्रभावकारी ढंगबाट अगाडि बढाउन सकिन्छ भन्नेबारे छलफल भएको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।