काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बसेको छ ।
बैठकमा नेकपा एमालेका नेता माधवकुमार नेपाल समेत सहभागी भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि नेता नेपाल पहिलोपटक बालुवाटार गएका हुन् ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतसँग प्रधानमन्त्री देउवाले छलफल गरेका जनाइएको छ ।
बैठकमा सत्ता गठबन्धन दीगो बनाउने, मन्त्रिपरिषद् विस्तार गर्ने र समसामयिक राजनीति विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
नेता नेपाललाई बालुवाटार बैठकमा सहभागी गराउन सफल भएकोमा प्रचण्ड खुसी भएका छन् । यसअघि शनिबार बिहान प्रचण्डले नेता नेपाललाई कोटेश्वरमै भेटेका थिए भने पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा एमाले एकता भए सत्तारुढ गठबन्धन भत्किने डर व्यक्त गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।