आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देउवा सरकारविरुद्ध देशभर आगो बाल्ने महेश बस्नेतको धम्की !

देउवा सरकारविरुद्ध देशभर आगो बाल्ने महेश बस्नेतको धम्की !

  • मिडिया डबली
  • शनिवार, श्रावण ९ २०७८

  • 9.0K
    SHARES

  • देउवा सरकारविरुद्ध देशभर आगो बाल्ने महेश बस्नेतको धम्की !

    काठमाडौं – प्रतिनिधिसभा सांसद तथा नेकपा एमालेका नेता महेश बस्नेतले एमाले पार्टी फुटाउन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश ल्याएमा देशभर आगो बाल्ने धम्की दिएका छन् ।

    आज शनिवार युथफोर्सको भ्याली कमाण्ड घोषणा कार्यक्रममा सम्बोधन गर्दै नेता बस्नेतले अध्यादेशको प्रतिरोध गर्ने बताए ।

    २०७७ बैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन गर्न सहज हुने गरी जारी गरेको अध्यादेश एमालेलाई बलियो बनाउन ल्याइएको समेत बस्नेतले बताएका छन् ।

    ‘नेकपा एमाले बलियो बनाउन हामीले अध्यादेश ल्याइरहँदा हाम्रा पार्टीका माधव नेपाल र तत्कालीन नेकपाका नेता प्रचण्डलाई उचालेर त्यो अध्यादेशलाई फेल गराउने र सदनमा अध्यादेशविरुद्ध निकै चर्का र लोकतान्त्रिक भाषा बोल्ने कांग्रेसले अहिले अध्यादेश ल्यायो भने हामी त्यसको प्रतिरोध गर्नेछौं,’ बस्नेतले भनेका छन् । 

    बस्नेतले एमालेका २२ जना सांसदले मन्त्रीको लोभ, ठूल्ठूला आश्वासन, फ्ल्याटदेखि घडेरीसम्मको लोभमा देउवालाई साथ दिएको आरोप समेत उनले लगाएका छन् । बस्नेतले देउवालाई भोट हाल्न अदालतले ह्वीप नलाग्ने फैसला सुनाएको बताउँदै अब मन्त्री कसरी खानुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend