आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीलाई ‘ब्रेक’ लगाइदिने योगेश भट्टराईको यत्रो ‘पावर’

केपी ओलीलाई ‘ब्रेक’ लगाइदिने योगेश भट्टराईको यत्रो ‘पावर’

  • मिडिया डबली
  • शनिवार, श्रावण ९ २०७८

  • 12.6K
    SHARES

  • केपी ओलीलाई ‘ब्रेक’ लगाइदिने योगेश भट्टराईको यत्रो ‘पावर’

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली कसैको कुरा सुन्दैनन् । आफूलाई जे मन लाग्यो, त्यही गरेर छाड्छन् भन्ने छाप सर्वत्र परेको छ । असंवैधानिक तरिकाले २–२ पटक प्रतिनिधिसभा संसद विघटन गरेका ओलीप्रति निरंकुशताको छाप बन्नु स्वाभाविक पनि हो ।

    तर शनिबार ओलीले बनाएको एउटा योजनामा नेता योगेश भट्टराईले ब्रेक लगाइदिएका छन् । 

    नेकपा एमालेभित्र युवाशक्ति प्रदर्शन गर्ने होडबाजी चलिरहेका बेला शनिबार ओली पक्षधर युथफोर्सले काठमाडौंमा शक्ति प्रदर्शनको कार्यक्रम राखेको थियो, जसमा ओली प्रमुख अतिथि बन्ने तय भएको थियो । तर एकाएक ओली कार्यक्रममा जाने योजनामा ‘ब्रेक’ लाग्यो ।

    युवासंघ नेपालले पुनः अस्तित्वमा ल्याएको युथफोर्सको ‘भ्याली कमाण्ड’ घोषणा कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि रहने तय थियो । यसअघि नेता माधवकुमार नेपाल सहभागी भएर यस्तै प्रकृतिको युवा दस्ता घोषणा भएको थियो ।

    तर अन्तिममा शनिवारको कार्यक्रममा ओली सहभागी भएनन् । कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेल सहभागी भए तर धेरैबेर कार्यक्रममा बसेनन् । 

    महासचिव पोखरेलले कार्यक्रममा ढिलो गरी सहभागी भएर सुरुमै प्रमुख अतिथिको मन्तव्य राखेर बाहिरिएका थिए । कार्यक्रममा बोलेका अरु युवा नेताको मन्तव्य पोखरेलले सुनेनन् । यसरी ओली पक्षले कार्यक्रमलाई खासै महत्त्व दिएन ।

    यसको पृष्ठभूमिमा नेता योगेश भट्टराईले सार्वजनिक आह्वानले काम गरेको देखिएको छ । नेता भट्टराईले शुक्रबार साँझ यस्ता लडाकु युवा जत्था गठनप्रति तीब्र असन्तुष्टि जनाउँदै खारेज गर्नुपर्ने माग गरेका थिए । लडाकु दस्ता बनाउँदा पार्टी एकता प्रयास प्रभावित हुने उनले राय थियो ।

    नेता भट्टराईले त्यो आह्वानले ओलीको योजनामा ब्रेक लागेको स्रोतको दाबी छ ।

    नेता भट्टराईले फेसबुकमा लेखेका थिए, ‘ऐतिहासिक र गौरवशाली इतिहास भएका, पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने आन्दोलन/क्रान्तिको अग्रभागमा रहेर भूमिका खेलेका, हजारौं युवाहरूलाई राजनीतिक/वैचारिक शिक्षामार्फत पार्टी र सामाजिक कामको नेतृत्व गर्न सक्ने क्षमतामा पुर्‍याएका अनेरास्ववियू र युवासंघ जस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका युथफोर्स, अखिल फोर्सको औचित्य के छ ? समाजमा आतंकको आभास दिने र युवाहरूलाई अराजनीतिकरण गर्दै कानून हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्दत यस्ता बाहुबली समूहहरू तत्काल खारेज गर्नुपर्दछ । अनेरास्ववियू र युवासंघ जस्ता संगठनलाई सही नीति र नेतृत्व प्रदान गरेर राजनीतिक र सामाजिक काममा अग्रसर गर्नु पर्दछ । के काम हुन्छन्, जो युवासंघ र अनेरास्ववियूले गर्न नसक्ने तर युथफोर्स र अखिल फोर्सले मात्र गर्नसक्ने ? पञ्चायत अखिलले नै फाल्यो । २०४८ पछिको कांग्रेसको राज्य आतंकसँग अखिल नै लड्यो । माओवादीको १० वर्षे हिंसाको प्रतिवाद यिनै अखिल र युवासंघले गरे । पार्टीभित्रका गुटहरूमा वैचारिक चरित्र सकिँदै जाँदा एकअर्काविरुद्ध बाहुबली जत्था प्रयोग गर्न खोजेको हो ? यदि हो भने हामी आफ्नो र कम्युनिस्ट आन्दोलनको चिहान आफैंले खनिरहेको स्वीकार गर्नुपर्दछ । शान्तिपूर्ण र वैधानिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, कानूनी राज्यलाई स्वीकार गर्ने, फरक मतलाई फक्रन दिने जस्ता विशेषता सहितको बहुदलीय जनवादको सिद्धान्तलाई अनुशरण गरेको नेकपा एमालेका लागि यो सुहाउने काम होइन । तसर्थः यस्ता गतिविधिमाथि तत्काल रोक लगाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसमक्ष हार्दिक अनुरोध गर्दछु ।’ 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend