आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

उत्तेजनामा नआई राजीनामा दिएको थिएँ, व्यापक आग्रहपछि फिर्ता : भीम रावल

उत्तेजनामा नआई राजीनामा दिएको थिएँ, व्यापक आग्रहपछि फिर्ता : भीम रावल

  • मिडिया डबली
  • शुक्रवार, श्रावण ८ २०७८

  • 6.1K
    SHARES

  • उत्तेजनामा नआई राजीनामा दिएको थिएँ, व्यापक आग्रहपछि फिर्ता : भीम रावल

    काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट उत्तेजनामा नआई राजीनामा दिएको भएपनि व्यापक आग्रहपछि फिर्ता लिएको प्रतिक्रिया दिएका छन् ।

    राजीनामा फिर्तापछि सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता रावलले व्यापक आग्रहको सम्मान गरिएको बताए ।

    उपाध्यक्ष रावलले भने, ‘स्वस्थ, मर्यादित र विधिसम्मत राजनीति, राष्ट्रहित र पार्टी एकताको लागि आवेग, उत्तेजनामा नआई प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको थिएँ । सार्वभौम जनता, मतदाता, राजनीतिक नेता, कार्यकर्ता, जनप्रतिनिधि, बुद्धिजीवी, आफन्त र शुभेच्छुकहरूको व्यापक आग्रहको सम्मान गर्दै राजीनामा फिर्ता लिएको छु ।’

    प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको विश्वासको मतका सम्बन्ध पार्टी विभाजित हुँदा प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा नेकपा एमाले उपाध्यक्ष भीम रावलले फिर्ता लिएका हुन् ।

    प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई सम्बोधन गरेर सांसद रावलले साउन ३ गते राजीनामा बुझाएपनि सनाखन नभएका कारण स्वीकृत हुन सकेको थिएन ।

    उपाध्यक्ष रावलले संसद सचिवालयमा सम्पर्क गरेर राजीनामा फिर्ता गरेका छन् । राजीनामाको विषय संसद सचिवालयमै विचाराधीन रहेकाले उपाध्यक्ष रावलले आज बस्ने प्रतिनिधिसभा बैठकमा सहभागी हुन नपाइने संसद सचिवालयले जनाएको छ ।

    प्रतिनिधि सभाको शुक्रवारको बैठक दिउँसो १ बजे बस्ने भएको छ ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग भएको छलफलपछि उपाध्यक्ष रावलले राजीनामा फिर्ता गरेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend