काठमाडौं – नेकपा एमालेमा विवाद चर्किएका बेला राजीनामा दिएका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिने तयारी गरेका छन् ।
उपाध्यक्ष रावल शुक्रबार राजीनामा फिर्ता लिने तयारी गरेका छन् ।
प्रतिनिधिसभा संसदको शुक्रबारको बैठक बस्नुअघि रावलको राजीनामा फिर्ता लिने नेता माधवकुमार नेपाल निकट स्रोतले जनाएको छ ।
साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि उपाध्यक्ष रावलले संसद भवनमै राजीनामा घोषणा गरेका हुन् । रावलको राजीनामा रोक्न एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल दुबै सक्रिय भएका छन् ।
अब उनको राजीनामा फिर्ता भएर केपी र माधव दुबैलाई मिलाउने नयाँ योजना उपाध्यक्ष रावलले बनाएका छन् । उतिबेला दुबै नेतालाई मिलाउने योजनामा ठेस पुगेपछि आक्रोशित हुँदै रावलले राजीनामा दिएका थिए ।
उपाध्यक्ष रावलले आफूलाई विवाद समाधान कार्यदलमा नराख्न आग्रह गर्दागर्दै पनि राखेको र १० बुँदे सहमति पनि उनकै सहमतिमा गरिएको भए पनि पछि कांग्रेस सभापति देउवालाई विश्वासको मत दिने निर्णय एकलौटी गरेको भन्दै नेता नेपालसँग असन्तुष्टि पोखेका थिए ।
नेता नेपाल र उपाध्यक्ष रावलबीच बिहीबार उनकै निवास टोखामा लामो छलफल भएको थियो । दुबै नेताको छलफलपछि उनी राजीनामा फिर्ता लिन तयार भएका जनाइएको छ ।
उपाध्यक्ष रावललाई राजीनामा फिर्ता लिन सुदूरपश्चिमका सांसद र नेताहरूले समेत दबाब दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।