आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपीका मान्छेहरूले हुँदै नभएको हल्ला चलाएपछि माधवको सचिवालयबाट यस्तो स्पष्टीकरण

केपीका मान्छेहरूले हुँदै नभएको हल्ला चलाएपछि माधवको सचिवालयबाट यस्तो स्पष्टीकरण

  • मिडिया डबली
  • बिहिवार, श्रावण ७ २०७८

  • 5.5K
    SHARES

  • केपीका मान्छेहरूले हुँदै नभएको हल्ला चलाएपछि माधवको सचिवालयबाट यस्तो स्पष्टीकरण

    काठमाडौं – नेकपा एमालेमा चलिरहेको विवाद समाधानका लागि प्रयास भइरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षधर संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता हुनै लागेको हल्ला चलाए ।

    विभिन्न मिडियालाई प्रतिक्रिया दिँदै उपनेता नेम्वाङले पार्टी एकताका लागि अध्यक्ष ओली र नेता नेपालबीच आजै भेटवार्ता हुन लागेको प्रतिक्रिया दिए । तर राति ९ बजेसम्म पनि ओली र नेपालबीच भेट भएन ।

    दुबै शीर्ष नेताबीच भेट नभएको मात्रै होइन, भेट हुने समय समेत तय नभएको नेता नेपालको सचिवालयले स्पष्ट पारेको छ । 

    अध्यक्ष ओली पक्षका मान्छेले भेटको समय नै तय नभएको अवस्थामा हुँदै नभएको हल्ला फैलाएको नेपाल पक्षको आरोप छ ।

    नेता नेपालको सचिवालयबाट मोहन गौतमले ओली र नेपालबीच भेटवार्ताका लागि समय नै तय नभएको स्पष्ट पारेका छन् ।

    गौतमले भने, ‘विभिन्न सञ्चारमाध्यमहरूमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र केपी शर्मा ओलीबीच आज भेट हुने तय भएको भन्ने समाचारहरु आइरहेकोमा उहाँहरुबीच भेट नभएको र भेट्ने समय तय पनि नभएको कुरा सम्बन्धित सबैमा स्पष्ट पार्दछु ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend